नाम : अनिल गुरुङ
पेशा : शिक्षण
कर्णाली व्यक्तित्व नं. : ४
भनिन्छ, जब पढेका मानिसहरु फेरि पढाउन थाल्छन्, तब वास्तविकता बुझ्न र सिक्न थाल्छन् । जो साच्चिकै विद्यार्थीलाई धेरै राम्रोसँग बढाउँछन्, उनीहरुले तब मात्रै राम्रोसँग सिक्न र सिकाउन थाल्छन् ।
तर त्यो मात्रै सत्य होइन, सत्य के हो ? भने जब मानिसहरु कसैलाई पढाउन थाल्छन् । आफ्नो तन, मन र धन समर्पण गरेर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन लागिपर्छन । जब शिक्षकले विद्यार्थीले भन्दा धेरै मेहनत गरेर पढाउन थाल्छन्, सायद त्यस्ता शिक्षकसँग पढिरहेका विद्यार्थी असफल हुनु पर्दैन ।
एकपटक असफल भएपनि उनीहरु एक न एक दिन सफल भएरै छाड्छन् । अनिल गुरुङ एक यस्ता शिक्षक हुन्, जो युवा उमेरमै सुर्खेतमा नाम कहलिएका भौतिकशास्त्रका उपप्राध्यापक भए । विज्ञान संकायमा सबैभन्दा जटिल मानिने भौतिकशास्त्र पढेका उनले काठमाडौँको अमृत साइन्स क्याम्पसबाट एमएस्सी अर्थात स्नात्तकोत्तर गरेका थिए ।
एमएस्सी सकेपछि उनी सुर्खेत फर्किए । नेवारेमा रहेको राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई भौतिकशास्त्र पढाउन थाले । उनी यति धेरै मेहनत गरेर पढाउँथे, कि कुनै पनि विद्यार्थीले उनीसँग दोहो¥याएर प्रश्न सोध्ने अवस्था हुँदैन्थ्यो ।
कुनै विद्यार्थीले एउटा प्रश्न सोध्दा उनी त्यसलाई १० तरिकाबाट जवाफ मात्रै दिन्थेनन्, त्यो प्रश्न कसरी कस्तो स्वरुपमा आउन सक्छ भनेर पनि विद्यार्थीलाई भन्थे । भौतिकशास्त्र आफैमा पृथ्वीमा भइरहेका अनेक गतिविधि जाँच्ने र सही तथ्य निकाल्ने विषय हो ।
उपलब्ध स्रोत साधन र आफूले थाहा पाएका सबै जानकारी उनी विद्यार्थीलाई गहिरो गरी बुझाउन सक्ने क्षमता राख्ने उपप्राध्यापक हुन् । त्यही कारण पनि उनीसँग पढ्न नपाएका विद्यार्थी उनको अतिरिक्त कक्षा अर्थात ट्युसन क्लासको कोठा सँधै भरिन्थ्यो ।

सुर्खेतमा उनले नेवारेमा पढाउने भएपनि जनमावि, इगरब्रिज लगायत धेरैजसो स्कुलका भौतिकशास्त्र पढ्ने विद्यार्थी पढाएका छन् । उनले पढाएपछि मात्रै ‘फिजिक्स’ बुझ्ने विद्यार्थीहरुको संख्या सुर्खेतमा ठूलो छ । सुर्खेतमा प्लस टू पढेपछि काठमाडौँ गएका धेरै विद्यार्थीले सम्झिने नाम, अनिल गुरुङ हुन्थ्यो । उनीसँग पढेपछि विद्यार्थी सजिलै भौतिकशास्त्र पास गर्थे ।
उनी छोटो समयमै धेरै विद्यार्थीका प्रिय थिए । विद्यार्थीसँग सँधै साथीको जस्तो व्यवहार गरेर उनी अझ धेरै सिकाउन चाहन्थे । नबोल्ने विद्यार्थीलाई कर नगर्ने तर बुझ्नका लागि अनेक उपाय लगाएर उनले भौतिकशास्त्र विषय पढाउँथे । छोटो कद र दुब्लो शरीर भएपनि चश्मा लगाइरहने उनका आँखा प्राय विद्यार्थीका आँखासँग ठोक्किएका हुन्थे । जसले विद्यार्थीको अनुहार मात्रै विद्यार्थी मन पढ्न ठूलो सहयोग गथ्र्यो ।
विद्यार्थीको मन र मष्तिष्क बुझेरै नै पढाउने गरेका कारण उनको कक्षामा कहिल्यै विद्यार्थीको कमी भएन । जसकारण उनलाई मानसिक र शैक्षिक रुपमा बलियो बनायो । अनि, विद्यार्थीलाई गाह्रो विषय भएपनि मेहनत गरेर पास हुन सकिन्छ भन्ने आत्मविश्वास दियो ।
युवा उमेरमै भौतिकशास्त्र जस्तो कठिन विषय पढाइरहेका उनलाई पछ्याउने विद्यार्थीको संख्या नगन्य छ । झण्डै १५ वर्षदेखि सुर्खेतमा अध्यापन गराइरहेका उनी कहिल्यै थकित देखिदैनन् । जुन उनको क्षमता हो । यही कारणले उनी सुर्खेतका प्लस टू स्कूलमा जति चर्चित र प्रिय छन्, त्यति लोकप्रिय पनि भइरहेका छन् । पछिल्लो समय उनी मध्यपश्चिम विश्वविद्यालयमा पनि उपप्राध्यापकका रुपमा कार्यरत छन् ।