सुनमाया बुढा भन्न बित्तिकै थाइल्याण्डमा सम्पन्न अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गरेर विश्व कीर्तिमान राख्ने महिला हुन् । उनकै सुनमायालाई गएको सोमबार कर्णाली सरकारले सम्मान गरेको छ ।
थाइल्याण्डको च्याङ्ग माइमा भएको खेलमा एशियाकै सबैभन्दा ठूलो ‘ट्रेल रेस’मा सुनमाया महिलातर्फ ११० किलोमिटर लामो दौड जितेकी थिइन् । सुनमायाले ११० किलोमिटर दूरी १४ घण्टा ५४ मिनेट एक सेकण्डमा पुरा गरेकी थिइन् ।

नेपालकी चर्चित अल्ट्रा म्याराथन धावक मीरा राई १७ घण्टा १२ मिनेट ४८ सेकेण्डको समय लगाएकी थिइन् भने कर्णालीकी सुनमायाले राई भन्दा निर्धारित दूरी दुई घण्टा अगावै पुरा गरेर जित हासिल गरेकी हुन् । उक्त दौडमा राई दोस्रो भइन् थाइल्याण्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् ।
सुनमाया साथी रसिला तामाङसँग : अनुज अधिकारीले खिचेको फोटो सुनमायाकै फेसबुक पेजबाट
कर्णालीको जुम्लामा जन्मेकी सुनमायाको यो जितसँगै उनको राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा चर्चा भइरहेका छ । जुम्लाको विकट पातरासी गाउँपालिकाको पेरेमा जन्मिएकी सुनमाया अहिले २३ वर्षकी भइन् । जुम्ला पेरेदेखि थाइल्याण्डसम्मको यात्रा सहज उनका लागि पक्कै थिएन । उनको आफुमाथिको विश्वासले उनले मात्रै जितिनन नेपालले जित्यो । कर्णालीले जित्यो । जुम्लाले जित्यो ।
मनास्लुको दौडमा सुनमाया - फोटो : अनुज अधिकारी
यसअघि पनि थुप्रै देशमा सहभागी भएर दौड गरिसकेकी उनी ‘अल्ट्रा रेस’ प्रतियोगितामा भाग लिँदै गर्दा निकै ‘एक्साइटेड’ थिइन् । जुम्लाका ती पहाडी भेगमा उकालो–ओरालो गरेकी सुनमायाको लागि चुनौती पनि उत्तिकै थियो ।
उनी सम्झिन्छिन्, ‘११० किलोमिटरको दुरी बिहान ८ बजेदेखिे बेलुकी ११ बज्नै लाग्दामा पुरा गरेको । जुन दौड नै जिन्दगीको एउटा ठुलो उपलब्धि बन्यो । नेपाललाई चिनायो । कहिल्यै लागेको थिएन यसरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो आउँला भनेर ।’

यो स्तरसम्म पुग्नु जुम्लामा हरी रोकाया (हरी रोकाया अल्ट्रामा विश्व कीर्तिमान)को ठुलो सहयोग र टेर्निङले गर्दा भएको सुनमाया बताउँछिन्, ‘अहिले म ‘नर्थ फेस एडभेन्चर’ टिममा जोडिएको छु । यो संस्थाले ‘ट्रेल रनिङ’ र अन्य साहसिक खेलमा अनेकौं सफलता हासिल गरेको छ । समूहमा विश्वस्तर क्षमता भएका विभिन्न मुलुकका साहसिक खेलाडीलाई अनुबन्धन गरेर प्रशिक्षण दिइन्छ र प्रसिद्ध ‘अल्ट्रा ट्रेल’ दौड लगायत अन्य साहसिक खेलमा सहभागी गराइन्छ । खेलाडीलाई प्रशिक्षण, पोषण तत्व, खेल सामग्री तथा केही आर्थिक सहायता समेत दिइन्छ । उहाँहरुले नै मलाई सबै खाले तालिमहरु दिनुहुन्छ।’
मलेसियामास्थित मार्लबरो कलेज मलेशियामा प्रशिक्षणमा सुनमाया । photo : facebook.com/sunmaya.budha.nepal
‘नेपाल भन्दा त्यहाँ खाना, हावापानीहरु फरक हुन्छ । त्यतिबेला आफुलाई गाह्रो हुने गरेको सुनमायाले सुनाइन्, ‘ त्यहाँ हामीलाई सहयोग गर्ने मान्छे हुँनुहुन्थ्यो । उहाँले सपोर्ट गर्नुहुन्थ्यो । यो रेसको बीचमा १४ वटा चेक ‘प्वाइन्ट’ थिए । त्यहाँ पानी, खानेकुराहरु राखिएको हुन्थ्यो । एक मिनेटमा खोकुराहरु खायर सकाउनु पर्ने हुन्थ्यो । यात्रामा उकालो–ओरालो जंगल, खोलानालाहरु समेत थिए । कतिखेर सानो–सानो बाटोहरु, खोलाहरु तर्नु पर्ने थियो । जुत्ताहरु भिज्ने समेत गर्थे ।’

सुनमायालाई सबैभन्दा गाह्रो त रातको समयमा भएको दौडमा लागेको बताइन् । त्यहाँको ‘नेश्नल’पार्क भित्र धेरै जंगल थियो । टर्च लगायर दौडिएको उनले सुनाइन् । र, पनि उनको त्यो विश्वास र भरोसाले उनलाई सफलताको शिरमा पुर्यायो ।
सुनमाया, मीरा राई र रसिला तामाङ काठमाडौं उपत्यका भित्रको दौड - फोटो : अनुज अधिकारी
सुनमायाले कर्णालीको भूगोल र त्यहाँका्े भिन्न रहेको बताउँछिन्, ‘म जुम्लामा ‘हाई अल्चिच्युट’मा दौड गर्थे । निकै गाह्रो हुन्थ्यो । तर त्यहाँ अलि ‘लो लेवल’को भूगोलमा दौड गर्दा केही सहज भने हुन्थ्यो । अन्य उकालो–ओरालो, जंगल त उस्तै हो । महिले कहिल्यै सोचेकै थिइन कि यतिठुलो सफलता प्राप्त गुर्छु भनेर ।’

सुनमायाले यो खेलका लागि नौ महिना तालिम गरेको बताइन् । ‘मलाई ‘नर्थ फेस एडभेन्चर’ टिमबाट तालिम दिनुभएको थियो, सुनमायाले भनिन्,‘ अर्कोतर्फ उहाँहरुले आफुलाई एक वर्षका लागि अनुबन्धन गर्नुभएको थियो । त्यसैले महिले यो गेम जित्नु नै थियो किनकी मैले हारे भने त टिमबाट आउट हुनुपर्ने थियो । जिते भने म पुनः अनुबन्धन हुन्छु भन्ने विश्वास थियो । पछि निकै मे्हनत गर्नुपर्यो । दौड गर्दा झोलामा पानीका बोतलहरु राखेका हुन्थ्यौं । र, छौं ।’