नाम : महेन्द्र चन्द ‘महासागर’
पेशा : गजल, साहित्य
कर्णाली व्यक्तित्व नं. : ५
उनको एउटा परिचय मात्रै छैन । तर आज उनीसँग जति परिचय जोडिएको छन्, ती प्राय सबै गजलकै कारण जोडिन पुगेका तथ्यहरु भेटिन्छन् । उसो त उनी गजल लेख्दैनन् मात्रै लेखाउँछन् । उनी गजल मात्रै सुन्दैन्न्, हजारौँ, लाखौँले सुन्ने गरि सुनाउँछन् । ६० र ७० को दशकदेखि गजल लेखनमा सक्रिय भएका उनी ८० को दशकसम्म आइपुग्दा धेरैका गजल लेखन तथा बाचनको प्रेरणाका स्रोत बनेका छन् ।
जसको नाम हो, महेन्द्र चन्द ‘महासागर’ । उनी हरपल गजलकै महासागरमा सयर गरिरहेका हुन्छन् । उनको गजल लेखन र बाचनको सबैभन्दा बलियो पक्ष भनेको भूईमान्छेकै जीवनको वास्तविकता आफ्ना रचनाहरुमा समेट्छन् ।
अनि सयौँ गजलहरुलाई एकताबद्ध गराउन उनले रेडियो कार्यक्रम ‘गीत गजल’को माइक समाइरहेका छन् । गजल लेख्नु, बाचन गर्नु र केही गजलकारका गजल बाचन गर्नु मात्रै होइन, उनको कर्म होइन, अग्रज गजलकारलाई सम्मान गर्नु र नयाँ गजलकारलाई दिल खोलेर स्वागत गर्दै प्रोत्साहन गर्नु उनको विशेष क्षमता हो । जो विगत दुई दशकदेखि आजको दिनसम्म आत्मसात गरिरहेका छन् ।
कर्णाली मात्रै होइन, काठमाडौँसम्मका प्राय गजल गोष्ठी र कार्यक्रममा पनि उनको नाम अग्रपंक्तिमा आउँछ । गजललाई गजलकै नियम र परिधीमा रचना गरेर उत्कृष्ट रुपमा पस्किनु उनको क्षमता हो ।
कतिपय नयाँ गजलकारका गजललाई सुधार गरेर बाचन गर्दै प्रोत्साहन गरेर अब्बल गजलकार बनाउनुमा पनि उनको भूमिका छ । गजललाई लिएर विवाद गर्ने र एउटाको गजल सारेर बाचन गर्दै आफ्नो नाम भजाउनेहरुपति उनी निर्मम पनि छन् ।
गजल सारथीहरुकै समीपमा रहेर कर्णालीको साहित्यिक माहोला तताइरहनुमा उनको बहुमुखी प्रतिभाले काम गरिरहेको छ । गजल सिर्जना, गजल सर्जकको संरक्षण तथा प्रवद्र्धनका साथै नयाँ गजलकार उत्पादनमा पनि उनको भूमिका अग्रपंक्तिमा आउँछ ।

खासगरी त्यतिबेलाको मध्यपश्चिम र अहिले बाँके तथा बर्दिया जिल्ला लुम्बिनीमा गाभिदा पनि महासागर जस्ता व्यक्तित्वले कर्णालीलाई गजलको राजधानीका रुपमा स्थापित र परिचित गराइरहेका छन् । नयाँ गजलकार उत्पादन हुँदा चोटिला गजलका शेयरहरुले कर्णालीका धेरै जसो कार्यक्रम तथा महोत्सवमा माहोल तताइरहेका छन् । जसको प्रत्यक्ष पा परोक्ष रुपमा महासागरले समन्वय गरिरहेको भेटिन्छ ।
आफ्नो दैनिक जीवनको गति बढाउन उनी शिक्षण पेशामा सक्रिय छन् । तर त्यहाँबाट पनि उनले नयाँ नयाँ गजलकारका लागि वातावरण बनाउनेदेखि मञ्च प्रदान गर्ने भूमिका उनले निभाइरहेका छन् । कर्णालीका प्राय गजल मञ्चहरुमा पनि सम्मान र गर्वका साथ सुनिने नाम हुन्छ, उनै महासागरको ।
रेडियो तरंगमा गजल बाचन गर्दा धेरैले सुनेको नाम भएर पनि होला, उनी कर्णालीका लगभग सबै साहित्यिक मनहरुमा बसेको नाम हो । उनी जति अदृश्य रुपमा साहित्यिक मनहरुमा बसेका छन् त्यो भन्दा बढी एकपटक भेटेपछि धेरैको याद र सम्झनामा रहिरहने नामका रुपमा पनि परिचित छन् । त्यसैले दैलेख घर भएर पनि सुर्खेतलाई कर्मथलो बनाएर उनले पूरा कर्णाली र आंशिक रुपमा काठमाडौँसम्म आफ्नो गजलकार नामलाई ओजिलो बनाउन सफल देखिएका छन् ।