नाम : हरि रोकाया
पेशा : खेल तथा अल्ट्राधावक
कर्णाली व्यक्तित्व नं. : २
सन् १९८७ मा विश्वको सबैभन्दा लामो तथा अग्लो उचाईमा म्याराथन दौड प्रतियोगिताको सुरुवात भएको थियो । २७ नोभेम्बर १९८७ मा भएको पहिलो एभरेष्ट म्याराथन दौडमा धेरै देशका प्रतिनिधिले भाग लिएका थिए । समुन्द्र सतहदेखि पाँच हजार किलोमीटर उचाईमा रहेको गोरेकशेपदेखि नाम्चे बजारसम्मको उक्त दौड प्रतियोगिताको दूरी ४२ किलोमीटर छ ।
सन् २००० मा जुम्लाका हरि रोकायाले उक्त म्याराथन प्रतियोगितामा सबैभन्दा छिटो दौडेर दूरी पार गर्दै कीर्तिमान रचेका थिए । उनले ४२ किलोमीटरको दूरी ३ घण्टा ५० मिनेट २३ सेकेन्डमा पार गर्दै पुरुषतर्फ गिनिजबुकमा कीर्तिमान लेखाएका थिए । उनको यो रेडर्क अहिले पनि कायमै छ । त्यसअघि सन् १९९९ मा पनि उनले यो म्याराथन दौड जितेका थिए । अघिल्लो कीर्तिमान भंग गर्दै सन् २००० मा नयाँ कीर्तिमान बनाएका हुन् । पुरुषतर्फको यो कीर्तिमान अझै तोडिएको छैन । महिलातर्फ भने न्युजिल्याण्डकी अन्ना फ्रोस्टले सन् २००९ मा ४ घण्टा ३५ मिनेटमा दौड पूरा गरेर आफ्नो इतिहास रचेकी थिइन् ।
यो म्याराथन दौड विश्वकै चर्चित र सबैभन्दा उचाईमा हुने दौड प्रतियोगिता हो । यौ दौडमा सबै सामान्य धावकले भाग लिन सक्दैनन् । भाग लिएपनि उच्च हिमाली भेग र श्वासप्रश्वासका कारण दौड जित्न सक्दैन्न् । तर कर्णालीको माटोमा जन्मिएर हुर्किएका रोकाले अहिलेसम्म पनि यो कीर्तिमान आफ्नो नाममा राखेका छन् ।
रोकाले नेपालसँगै विश्वका धेरै दौड प्रतियोगितमा भाग लिएका छन् । उनी ओलेम्पिकमा पनि दौडिएका छन् । तर उनी चर्चित एभरेष्ट म्याराथनबाट विश्व चर्चित तथा कीर्तिमानी अल्टा धावकका रुपमा परिचित छन् । जुम्लामा जन्मिएका रोकाले राष्टिय तथा अन्तर्राष्टिय म्याराथन दौडमा धेरै भाग लिएका छन् । कतिपय दौड जितेका छन् । कतिपय दौड जितेर पनि कीर्तिमान रचेका छन् । सानैदेखि जुम्लामा दौडिने बानी बनाएका उनले देशकै नाम उच्च राखेका छन् । उनी कर्णालीका सगैरव सम्मानित व्यक्तित्व हुन् ।

आफ्नो जीवन नै खेलकूदमा समर्पित गरेका उनले जुम्लामा कर्णाली स्पोट्र्स क्लब संस्था पनि खोलेका छन् । जसको माध्यमबाट नयाँ पुस्तालाई म्याराथन धावक बनाउन उनी लागि परेका छन् । जसको पछिल्लो उदाहरण हुन्, सुनमाया बुढा । निकै ठूलो संघर्ष गरेर बुढाले पछिल्लो समय विश्व अल्टा म्याराथन दौडमा एकपछि अर्को कीर्तिमान बनाउँदै गएकी छन् । जसको प्रमुख श्रेय रोकालाई जान्छ ।
रोकाकै नेतृत्वमा रहेको कर्णाली स्पोट्स क्लबले वर्षेनी जुम्ला रारा म्याराथन दौड सञ्चालन गर्दै आएको छ । जहाँबाट धेरे भन्दा धेरै धावकहरु जन्मिरहेका छन् । जुम्लामा बसेर पनि विश्व कीर्तिमान रचेर उनी अझै कर्णालीको सेवामा छन् । यदि उनले चाहेको भए काठमाडौँ बस्न सक्थे । सुविधासम्पन्न देशमा सेवा सुविधा पाएर बुढेसकाल गुजार्न सक्थे । तर उमेरमै राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चा र सफलता पाएर पनि उनी कर्णालीमै नयाँ वीर र कीर्तिमानी धावकहरु जन्माइरहेका छन् ।
यदि आजको दिनमा कर्णालीमा कोही सर्वमान्य त्यो पनि विश्व कीर्तिमानी सम्मानित व्यक्ति छन् भने त्यो नाम हरि रोका हो । जसले सँधै कर्णालीको नाम उचो राखेका छन् ।