नाम : लक्ष्मी बस्नेत
पेशा : निजामति कर्मचारी
पद : सचिव, नेपाल सरकार
कर्णाली व्यक्तित्व नं. : १२
कहिलेकाँही यस्ता रेकर्ड बन्छन्, जसले कुनै एउटा व्यक्ति मात्रै होइन, सिंगो देशलाई नै गौरवान्वित बनाउँछ । लक्ष्मी बस्नेतका हकमा पनि एउटा यस्तै कीर्तिमान बनेको छ । जो सरकारी सेवामा प्रवेश गरेको १७ वर्षमै सचिव बनेर नयाँ रेकर्ड राखेकी हुन् ।
२०८० असार महिनाको तेस्रो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गर्दा यो कीर्तिमान बनेको हो । जबकी उनीसँगै निजामति सेवामा प्रवेश गरेका धेरै महिला अहिले पनि सहसचिवमै छन् ।
उनले बनाएको यो कीर्तिमानले देशका धेरै महिलालाई ठूलो प्रेरणा दिएको छ । त्यो भन्दा बढी कर्णालीलाई खुशी, प्रेरणा र इतिहास रच्न सहयोग पुगेको छ । वीरेन्द्रनगर सुर्खेतमा जन्मेकी बस्नेत बैंकर बन्ने सपना पालेर हुर्किएकी थिइन् । तर बुवाको प्रेरणामा उनी सरकारको सचिव बनिन् ।
सचिव बन्नेबित्तिकै उनी गण्डकी प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा पुगिन् । साउनदेखि गण्डकी प्रदेशको प्रमुख सचिव बनेकी उनी प्रदेशमा पनि पहिलो चिव भएर कीर्तिमान रचिन् । प्रशासनमा उनले १२ वर्ष लामो समय सहसचिवको जिम्मेवारी पूरा गरिन् । त्यो पनि आफैँमा एक इतिहास थियो ।
सुर्खेतको जनमाविबाट विद्यालय शिक्षा पूरा गरेर २०४७ सालमा एसएलसी पास गरेकी लक्ष्मीले २०४७ सालमा एसएलसी पास गरेकी हुन् । एसएलसीपछिको उच्च शिक्षा पनि उनले सुर्खेतमै हासिल गरिन् । बैंकर बन्ने सपनाले सताएपछि उनी काठमाडौँ आइन्, त्रिविबाट एमबीए पास गरिन् । पाँच वर्ष बैंकमा काम पनि गरिन् । तर त्यसबाट घर परिवार र आमा बुवा सन्तुष्ट हुन सकेनन् । अनि उनको यात्रा सुरु भयो, निजामति सेवामा ।

देशमा लोकतन्त्र आएसँगै उनले शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश पाइन् । पाँच वर्षपछि उनले सोझै सहसचिवमा प्रतिष्पर्धा गरेर नाम निकाल्न सफल भइन् । उनको सम्झनामा त्यतिबेला ३० जना महिलाहरु मात्रै उनीसँगै सहसचिवको जिम्मेवारीमा पुगेका थिए । तर ती सबैलाई पछाडि पार्दै उनी एक्लै निजामति सेवाको १७ वर्षमै सचिव हुने इतिहास रच्न सफल भइन् ।
उनले उपसचिव नभई सोझै सहसचिव भएर सचिव हुने महिलाका रुपमा कीर्तिमान रचेकी छन् । उनले निमित्त सचिवका रुपमा सहसचिव हुँदाबखत नै कर्णाली प्रदेशमा सेवा गर्ने अवसर प्राप्त गरेकी थिइन् । सचिव भएपछि उनी संघीय सरकारका विभिन्न मन्त्रालयमा बसेर काम गरिन् । उनी जहाँ पुग्दा पनि सम्मान पाउँछिन् । खासगरी महिला सहकर्मीबाट धेरै पाउँछिन् । उनलाई आदर्श मानेर अहिले पनि सचिवको तयारी गरेका र बढुवाको पर्खाईमा रहेका धेरै महिला कर्मचारी उनलाई भेटेर गदगद् हुन्छन् ।
पूरा पाँच वर्षको सेवा अवधि यसरी नै पूरा गरेर सरकारको सचिव पदबाट बिदा हुने लक्ष्मीको चाहना छ । जहाँ उनका हरेक कदममा कर्णाली प्रदेशका नागरिक र सरोकारवाला खुशी र उत्साहित हुन्छन् ।