नाम : पदम देवकोटा
पद : संस्थापक पहिलो उपकूलपति, मध्यपश्चिम विश्वविद्यालय
कर्णाली व्यक्तित्व नं. : ३२
सुर्खेती माटोमा जन्मिएका कर्णाली विश्वविद्यालयका पहिलो उपकूलपति हुन्, पदमप्रसाद देवकोटा । चौकुने गाउँपालिकाको गुटुमा जन्मिएका उनी मध्यपश्चिम विश्वविद्यालयको पहिलो उपकूलपति हुन् ।
गुटु अहिले चौकुने गाउँपालिकाको मुकाम हो । गुटु त्यो बेला अछाम, कालिकोट लगायत पहाडी जिल्लाबाट तराईमा नुन लिन जाने ‘कर्णाली ब्लुज रुट’ हो । त्यही गुटुमा प्रजातन्त्र कालमा नै संघर्ष थालेका देवकोटा विद्यावारिधीप्राप्त शिक्षाविद् हुन् । मध्यपश्चिम विश्वविद्यालय स्थापना भएपछि सुर्खेती माटोमै जन्मिएका पहिलो उपकूलपतिको खोजीमा क्रममा उनी भेटिएका हुन् ।
राजनीतिक लबिङ र सुर्खेती माटोमा जन्मिएर विद्यावारिधी गरेका कारण पनि उनी सबैको रोजाईमा परेका हुन् । पहिलो उपकुलपति भएका कारण र विश्वविद्यालयको भौतिक तथा संरचनागत विकास पनि सँगसँगै गर्नुपर्ने कारण केही प्राविधिक समस्या भयो नै । जसले गर्दा विश्वविद्यालय उनको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेको थियो ।
यद्यपी कर्णालीमा उच्च शिक्षाको सबैभन्दा ठूलो जग हालेको मध्यपश्चिम विश्वविद्यालयको ऐतिहासिक नाम र संस्थापक उपकूलपतिको रुपमा देवकोटा रहि नै रहनेछन् । थुप्रै संरचनागत समस्या र प्राविधिक कठिनाई झेलेर उभिएको मध्यपश्चिम विश्वविद्यालय आजको अवस्थामा आइपुगेको हो ।

दशकौ पहिले कर्णालीबाट उच्च शिक्षाका लागि काठमाडौँ जानेको ताती आज मध्यपश्चिम विश्वविद्यालयले रोकेको छ । विगतमा केही सीमित क्याम्पस र सीमित संरचनाबाट उच्च शिक्षाको पठनपाठन सुरु गरेको मध्यपश्चिम विश्वविद्यालयसँग आज सुविधासम्पन्न भवन छ । सयौँ कर्मचारी र प्राध्यापक छन् । त्यसमध्ये धेरैजसो कर्णालीकै माटोमा जन्मिएर हुर्के बढेका र पढेलेखेका छन् ।
जसले कर्णालीका विद्यार्थीलाई कर्णालीमै उच्च शिक्षा लिन सहज बनाएको छ । आखिर कर्णालीकै लागि स्थापित मध्यपश्चिम विश्वविद्यालयमा उत्पादित विद्यार्थीले कर्णालीलाई समृद्ध, विकसित र प्रगतिशिल बनाउन सहयोग गर्छ भन्ने विश्वास जो छ ।