दैलेख : नेपाली कांग्रेस दुल्लु नगरपालिका – १० को वडा कार्य समितिमा दिपेन्द्र पुरीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरिएको छ ।
पार्टीको १४औं महाधिवेशनबाट पुरीको नेतृत्वमा सर्वसहमत नेतृत्व चयन गरिएको हो । युवा नेता पुरी दुल्लु नगरपालिकाका युवाहरु माझ लोकप्रिय छन् । नेपाली कांग्रेसको स्थानीय राजनीतिमा पुरीको बलियो रहेको देखिन्छ ।
पुरीको नेतृत्वमा गठित कार्यसमितिमा उपसभापति अन्जीर विक र भीम बहादुर थापा सचिव दिपबहादुर थापा र इन्द्र बहादुर थापा, सहसचिवमा रामबहादुर शाही र रेशम बहादुर शाही चयन भएका हुन् ।
यसैगरी, सदस्यमा बमबहादुर भण्डारी, चक्र नाथ योगी, तिलक नाथ योगी, ईन्द्र बहादुर खत्री, निर्मला थापा खत्री, धर्म गिरी तुल्क्षा कामी, भिम बहादुर भण्डारी, बम बहादुर योगी, योगेन्द्र योगी,रेशम बहादुर खड्का, तेज बहादुर थापा, नरनाथ योगी, अम्मर बहादुर खत्री, सुर्य पुरी, रमा विक, बलजित कामी, सम्झना गिरी, रमादेवि योगी र गोमा थापा निर्विरोध निर्वाचन प्रक्रियाबाट चयन भएको मतदान अधिकृत लोकेन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय प्रतिनिधि का लागि सुमन नाथ योगी, हरिहर उपाध्याय, दिपबहादुर भण्डारी, टेकबहादुर नेपाली, भिमबहादुर शाही, शिवराज खड्का भिम कुमारी भण्डारी, निर्मला थापा खत्री, योगेन्द्र योगी, गोविन्द्रबहादुर गुरुङ, खड्कबहादुर थापा, गोकर्ण नाथ योगी, गोमा थापा र धना कुमारी योगी चयन भएका छन् ।