काठमाडौँ : एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालका दोस्रो तहका नेताहरु कार्यदल बनाएर लागिरहेका थिए । उनीहरु हरसम्भव एमाले एकता गराउने र पार्टीलाई फुटबाट जोगाउने प्रयासमा थिए ।
तर सहमति हुन नसकेपछि प्रकाश ज्वालासहितका चार नेताले विज्ञप्ति निकालेर भने, वार्ताको नौटंगी बन्द गर । ओलीको प्रतिगमनविरुद्ध निर्णायक लडाई गरौँ ।
एमालेभित्रको ढुलमुले पाराविरुद्ध निर्णायक मोडमा निर्मम हुने प्रकाश ज्वाला ओलीविरुद्ध क्रुद्ध थिए । माधव नेपाल र प्रकाश ज्वालाको लाइन नै यही हो ।
जुन दिनदेखि ओलीमा दम्भ बढेको थियो । त्यही दिनदेखि एमाले विभाजनमा लागेको थियो । तर अवस्था यति जटिल बनेको थिएन । तर अहिले जुन अवस्था जटिल बन्यो । त्यसका लागि माधव नेपाललाई साथ दिने दाहिना हात हुन्, प्रकाश ज्वाला । जसको बलमा कर्णालीमा पहिलोपटक इतिहासमै फ्लोर क्रस भयो ।
जुन फ्लोर क्रसले अन्ततः एमाले नै फुटाईदियो । आज एमालेमा माधव नेपाल पक्षमा प्रकाश ज्वाला फ्याक्टर निर्णायक मोडमा अडानमा क्लियर देखिएको छ ।
भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, घनश्याम भुसाल लगायतका नेताहरु निर्णायक मोडमा ओलीको प्रतिगमनमा विलिन हुँदा प्रकाश ज्वाला भने फुटकै दिशा भएपनि अगाडि बढेको छ ।
एउटा नेता हुनुका पछाडि लज्जास्पद र लुकेको टाउको होइन, अडानमा क्लियर भएको टाउको चाहिन्छ । त्यसका लागि माधव नेपाल, रामकुमारी झाँक्री, प्रकाश ज्वाला लगायतका नेताहरु चर्चाको विषय बनेको छ ।
अब केन्द्रमा एमाले विभाजन गर्न सक्ने प्रकाश ज्वालाले कर्णालीमा के गर्न सक्छन् रु हेर्न बाँकी छ । सुर्खेतमा मोहन बडुवाल लगायतका नेताहरु अडानमा उभिएका बेला ज्वालाले यामलाल कँडेलको राजनीतिक प्रतिष्पर्धामा आफूलाई कसरी उभ्याउँछन् रु हेर्न बाँकी छ ।