काठमाडौंः सत्ताको ‘रिङ’ खेलाउनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राम्रो अभ्यास छ । अभ्यास भएपनि युद्धदेखि साथमा हिँडेका उनका कयौं सहयात्रीहरुले बीचमै छोडिसकेका छन् । यस्तै माओवादी युद्धदेखि नै प्रचण्ड सर्कलको रिङमा परेका कर्णालीका टावर लिडर हुन् शक्ति बस्नेत ।
संयुक्त गठबन्धन मिलेर केपी शर्मा ओली नेतृत्वको सरकारलाई पतन गराए लगत्तै कांग्रेस नेतृत्वको सरकार बन्यो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवा बने । देउवाले तत्काल सानो आकारमा मन्त्रिपरिषद् विस्तार गरे । जसमा माओवादी केन्द्रबाट प्रचण्डको पहिलो नजरमा रह्रे जनार्दन शर्मा र पम्फा भुसाल । प्रचण्डको पहिलो सिफारिसमा शर्मा अर्थ, भुसाल ऊर्जा मन्त्री बने ।
कुनै बेला प्रचण्डसँग जनार्दन शर्मा भन्दा शक्ति बस्नेत नजिक मानिएका थिए । त्यही नजिक भएकै कारण प्रचण्डले उनलाई गृहमन्त्री समेत बनाए । तत्कालिन जनार्दन शर्मा पछि परे । शक्ति नजिक भए ।
प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरुबीच छलफल गरिरहेका छन् । आ– आफ्नो पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्न समेत आग्रह गरिसकेका छन् । सत्तामा रहेका दलहरुका लिडरबाट मन्त्रीको नाम सिफारिस आउन वित्तिकै देउवाले ठुलो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने छन् ।
यस कारण शक्ति कमजोर !
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड भने, ‘प्रतिनिधिसभामा आफ्नो पार्टीका ४९ सांसद छन् । उनीहरु सबैले मन्त्री बन्ने आकांक्षा राखेका छन् । कसलाई मन्त्री बनाउने मनमा भित्र आतंक उब्जिएको छ । साथमा मन्त्रीपदका लागि कसलाई सिफारिस गर्ने आफु दबाब रहेको छु ’ ।
बिहीबार मात्रै गठबन्धन सरकार सञ्चालन गर्न कार्यदल गठन भयो । जसको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पाए । गठित कार्यदलको सदस्यमा कांग्रेसकै मिनेन्द्र रिजाल र रमेश लेखक भए । भने माओवादी केन्द्रबाट पनि वर्षमान पुन र देव गुरुङ भए । जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य रहेका भए । कार्यदलको सदस्यबाट पनि शक्ति बस्नेत फुत्किए । अर्थात प्रचण्डको दोस्रो नजर पनि पर्न सकेनन् ।
पछिल्लो समय केन्द्रीय राजनीतिमा पनि क्रमशः शक्ति बस्नेत कमजोर बन्दै गर्दा कर्णालीको राजनीति पनि उनको कमजोर छ । यस गर्दा शक्ति बस्नेतको माओवादी भित्रैको राजनीति कमजोर भएको हो ।
'प्रचण्डको सर्कलबाट जनार्दन शर्मा ‘रिङ’मा परेसँगै शक्ति बस्नेत ‘रिङ आउट’ भएका हुन् । उनी विस्तार हुने मन्त्रिपरिषद्मा पनि सामेल हुने सम्भावना कम देखिएको छ ।
यो पनि पढौं