वीरेन्द्रनगर : कर्णाली प्रदेश सभाको आठौं अधिवेशनको सातौं बैठकमा सांसद पदमबहादुर रोकायाले अघिल्लो आर्थिक वर्षको बजेट निर्वाचनमुखी, गुटमुखी पार्टीमुखी, विचौलिया र माफियाका लागि आएको बताए । जनताका समस्यालाई मध्यनजर गर्ने बजेट आउने खण्डमा बजेट पार्टी, गुट, विचौलियाका र माफीयामुखी आएको आरोप लगाए ।
सांसद रोकायाले भने, 'गएको आर्थिक वर्ष जस्तो नहोस् । पार्टी, गुट, विचौलियामुखी नहोस जनताका समस्यामुखी होस् । गएको साल जनतालाई भन्ने गरेका थियौं । कोरोनाको कारण लकडाउन भयो । अव आउने वर्षमा हाम्रा योजनाहरु पुरा हुन्छन् । तर प्रदेश सरकारले आफ्ना गुट र विचौलिया माफीयाका योजनाहरुलाई पुर्णता दियो ।" जनताका योजनाहरु ज्युँका त्युँ रहेको सांसद रोकायाले थपे ।
आइतबारको सातौं बैठकमा बोल्दै सांसद रोकायाले आफ्नो बहुवर्षीय योजना कहिले पनि सरकारले नहेरेको आरोप लगाए । 'अघिल्लो वर्ष कर्णाली सरकारले छोरी बुहारी छात्रवृत्ति कार्यक्रम ल्यायौं । उक्त कार्यक्रममा दलित तथा विपन्नका छोरी बुहारीहरु परेनन् । उनीहरुको नाममा पहुँचवालाहरुले उक्त सेवा सुविधा पाए । जनताका छोरी बुहारीका समस्या ज्युँका त्युँ रह्रे ।" उनले थपे, 'योजना कार्यक्रमहरु विचौलियामुखी छन ।"
जनताका योजनाहरु कहिले प्राथमिकता नभएको सांसद रोकायाले आरोप लगाए । अहिले पनि आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम विचौलियामुखी, पार्टीमुखी निर्वाचनमुखी, माफीयाका लागी योजनाहरु नहोस भनी सुझाव समेत दिए ।