सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पुरानै कार्यक्रम र विषयलाई प्राथमिकता दिएको छ । नयाँ र केही दिर्घकालिनभन्दा सबैलाई खुशी पार्ने खालको कार्यक्रम प्रदेश सरकारले ल्याएको हो ।
आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम शनिबार प्रदेशसभामा प्रस्तुत गरिएको थियो । कर्णाली प्रदेशसभाको बजेट अधिवेशनको आठौँ बैठकमा शनिबार बोल्दै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले उक्त नीति तथा कार्यक्रमको प्रस्तुत गरेका हुन् ।
उक्त प्रस्तुत नीति तथा कार्यक्रमहरुमा स्वास्थ्य क्षेत्रलाई पोकस गरिएको छ । प्रदेश प्रमुख कलौनीका अनुसार वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५०० श्ययाको अस्पताल सँगै कर्णालीका १० वटै जिल्लाहरुमा एक भेन्टिलेटर सँगै अक्सिजन सहितको ५० शैयाको स्पतालको स्थापना हुने भएको छ ।
त्यस्तै कर्णाली प्रदेशकै ठुलो अस्पतालमा रहेको प्रदेश अस्तलालाई शिक्षण अस्तलामा रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लाहरुमा सरुवारोग अस्तालको स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आई.सी.यू. उपचार, प्रत्येक स्थानीयतहरुमा १५ श्ययाको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने प्रदेश प्रमुख कलौनीले बताए ।
साथै कर्णालीका सबै नागरिकलाई कोरोना खोप लगाउँने र कोभिट पुष्टि भएका नागरिकलाई निःशुल्क उपचार तथा पोषिलो खानो कुराको व्यावस्था मिलाउँने, भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका जो सुकै नागरिकलाई नाकाहरुमा कोरोना परिक्ष गरिने, उच्च हिमाली जिल्लाहरुमा कोरोनाका जटिल बिरामीलाई हवाईबाट उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगरे उपाचार गर्ने साथै कोरोना संक्रमितलाई आत्म मनोवल बढाउँनको लागि विज्ञ व्यक्ती तथा स्वास्थ्यकर्मीहरुबाट ध्यान, यौगा गराइने साथै कर्णालीका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक तथा एक स्थानीय तह एक स्वास्थ्यकर्मी खटाईने बताईएको छ ।
साथै स्वास्थ्य तर्फका विभिन्न अस्पताल तथा स्वास्थ्यसेवामा आवश्यक अनुसारका जनशक्तीको व्यावस्था गरिने भएको छ । ज्वाला मजदुरी गरि जिविको चलाउँदै आएका घरपरिवारलाई राहतको व्यावस्था गरिने, प्रथामिक तथा घरेलु उपचारलाई प्रोत्सहान, नगरिकको स्वास्थय सेवालाई सर्वसुलभ बनाउने, अल्जाईमर, क्यान्सर, पार्किन्सन, सिकलसेल एनिमिया, मुटु, मिर्गौला, रिकेट्स, अटिज्मजस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचारमा सहयोग गर्न उपचार सहायता कोष स्थापना गरिनेछ ।
त्यस्तै अन्य कार्याक्रमहरुमा कर्णालीमा माग अनुसार सिपमुलक तालिको लागि पुजी, तालीम तथा बजारीकरणको व्यवस्थापन गर्ने, पुर्ण तथा लक्षीत वर्गलाई रोजगार दिने साथै खाना, नाना र छाना कार्यक्रम बैंक खाता छोरीको सुरक्षा जीवन भरीको जस्ता कार्याक्रमहरु पुराना दोहोरीएका छन् ।