मुगु : मुगुको सोरु गाउँपालिकामा गत आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको विवादमा गाउँपालिकाको चार करोड रकम फ्रिज भएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर शाही प्रशासकीय अधिकृत धान्ने बुढाको विवादले उक्त रकम फ्रिज हालका प्रशासकीय अधिकृत बिरेन्द्रबहादुर मल्ल जानकारी दिए ।
।
पहिलो आर्थिक वर्ष जस्तो नहुँने गरी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा बनाउन सुरु गरेको गाउँपालिका अध्यक्षले भने, 'गएको आर्थिक बर्ष कार्यकारी बीचको विवादले योजनाहरु पनि विवादमा परे, सफल भएनन् ।'
उक्त योजनाहरु सम्पन्न नभएपछि गाउँपालिकाबाट चार करोड रकम फ्रिज भएको प्रशासकीय अधिकृत मल्लले बताए । उनले भने, पहिलो वर्षका नीति तथा कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने र आगामी आर्थिक वर्षका नीति कार्यक्रमका विषयमा गाउँपालिकामा छलफल चलिरहेको मल्ले भने ।
गत आर्थिक बर्षको फ्रिज रकमको तथ्य जानकारी पाउँन आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सिफारिस र पत्र पठाएका थियौं । अहिलेसम्म कुनै जानकारी नआएको मल्ले बताए ।
सोरु गाउँपालिकाले गरेको कामका बारेमा जानकारी दिदैँ जेठ २२ गतेको कार्यपालिकाको निर्णय अनुसार ११ वटै वडाले वडा स्तरीय योजना छलफल गरेर गाउँपालिकामा अषाढ २ गते पेश गर्नुपर्ने जानकारी वडा तहमा दिएका छौं ।
पहिलो आर्थिक वर्षको जस्तो नहुँने गरी नीति तथा कार्यक्रममा छलफल गर्न निर्देशन दिएर गाउँपालिकामा कोभिडको जोखिम बढ्दै गएपछि निषधोज्ञा जारी राखेको मल्लले बताए ।
मुगूम कार्मारोङ गाउँपालिका ३१ गतेसम्म बन्द
महामारी कोरोनाको कारण मुगुको मुगूम कार्मारोङ गाउँपालिका बन्द भएको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै गाउँपालिका बन्द भएको हो । अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
जेठ २४ गते बसेको कार्यपालिकाको निर्णयले अत्यावश्यक बाहेक अन्य भीड हुने सेवाहरु बन्द गर्ने निर्णय गरेको हो । गाउँपलिकामा जेठ २५ गतेदेखि ३१ गतेसम्म बन्द गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायत बताए । योसँगै मुगुका अन्य कार्यालयहरु पनि कोभिडका कारण बन्द भएका छन ।