सुर्खेत : भनिन्छ, संसद प्रतिपक्षीको हो । जसको बोल्ने मुख्य थलो नै संसद हो । सरकारविरुद्ध सडकमा आगो बाल्ने प्रतिपक्षीले संसदमा आगो ओकल्छ । तर त्यसका लागि रोष्टमको आवश्यकता पर्दैन । त्यसमा पनि संसद नै अवरुद्ध गर्नेलाई रोष्टममा बोलाइदैन ।
कुनै कार्यसूचीमा भनाई राख्नुपरेमा सांसद तथा नेताहरुलाई रोष्टम दिइन्छ । त्यसबाहेक संसदका नियमित काममा पनि सांसदले रोष्टमको प्रयोग गर्छन । तर कर्णाली प्रदेशको सोमबारको संसद बैठकमा एक अनौठो दृश्य देखियो ।
बजेट अधिवेशन सुरु भएको पहिलो संसद बैठक नै अवरुण गर्ने योजनाअनुसार यामलालले बैठक सुचारु हुन दिएनन् । सभामुखले बैठकको नियमित कारबाही सुरु भएको घोषणा गरेलगत्तै यामलाल लगायतका एमाले सांसदले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख राजबहादुर शाहीले एक जनालाई बोल्ने अनुमति दिए । कँडेलले माइक समातेर बोले । उनले झण्डै पाँच मिनेट आफ्नो कुरा राखिसकेका थिए । समय थोरै भएकाले छिटो कुरा टुंग्याउन सभामुख शाहीले आग्रह गरे ।
यामलाल कँडेलले छोटोमा टुंगाउने बताए । तर त्यतिबेला सभामुख शाहीले अर्को आग्रह गरे । मान्यज्युँले आफ्ना कुरा राख्न रोष्टमको प्रयोग गर्न सक्नुहुन्छ ?
यो अनौठो घटना हो । संसद अवरोध गरेको दलका नेतालाई त्यस्तो बेला रोष्टम दिइदैन । रोष्टम दिने भनेको बैठक सुचारु भएपछि मात्रै हो । बैठक नै अवरुद्ध गर्ने दल र सांसदलाई रोष्टम दिइदैन । बसेकै ठाउँबाट सम्बोधन गर्न दिइन्छ ।
सभामुख शाहीले रोष्टममा बोल्न सक्ने जनाएपनि एमाले संसदीय दलका नेता कँडेलले त्यसलाई अश्वीकार गरे । सुरुमै दिएको भए बोल्न सक्ने अवस्था रहन्थ्यो । तर यतिबेला बोलाएपछि पर्दैन सभामुख ज्युँ । कँडेलले सभामुख शाहीलाई जवाफ दिए ।
संसद बेठक अवरुद्ध पार्नेलाई रोष्टममा बोल्न दिने परम्परा छैन । तर कर्णालीका सभामुखले अनौठो शैली देखाए । तत्कालिन नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका शाहीले सभामुख बनेपछि सांसद पदबाट राजीनामा दिएका थिए ।
आफ्नै पार्टीका नेताले बोलेका कारण कँडेललाई बीचैमा बोल्दाबोल्दै सभामुखले रोष्टम दिन खोजेको अनुमान गरिएको छ ।
र, योपनि पढौं
संसदमा उठ्यो राउटे युवतीमाथिको दुर्व्यवहार घटना
एमालेको अवरोधले कर्णाली प्रदेशसभा बैठक स्थगित
कर्णाली प्रदेशमा अपराधी पनि मन्त्री भए : कँडेल