सुर्खेत : विपक्षी गठबन्धन सुर्खेतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध कडा प्रतिवाद गर्न कटिबद्ध रहेको बताएका छन् । मंगलबार एक विज्ञप्ति निकालेर नेकपा माओवादी, एमाले माधव नेपाल समूह, कांग्रेस, जनमोर्चा र जसपाले ओलीको प्रतिगमनको कडा प्रतिवाद गर्ने बताएको हो ।
संविधान, संघीयता र गणतन्त्रमाथि गम्भीर आघात पुर्याउने ओली र विद्याले गरेको सुर्खेतका पाँच दलका नेताहरुको भनाई छ । ओलीको स्वेच्छाचारी शासनले जनतालाई कोरोना महामारीमा पीडा दिएको भन्दै सुर्खेती नेताले निन्दा समेत गरेका छन् ।
प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छारी, निरंकुश प्रतिगमनकारी हामी घोर निन्दा र भत्र्सना गर्दछौं । राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मुलुकको राजनितिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गरी असंवैधानिक, अलोकतान्त्रिक, र प्रतिगमकारी कार्यकाविरुद्ध एकताबद्ध भई राजनितिक र कानुनी रुपमा सशक्त किसिमले प्रतिवाद गर्न हामी कटिबद्ध छौं पाँच दलका नेताद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकपछि जारी विज्ञप्तिमा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर जिसी, नेकपा एमाले सुर्खेतका सचिव मोहनसिंह वडुवाल, जसपाका सुर्खेत अध्यक्ष फत्तेबहादुर सोती मगर र जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द सुवेदीले हस्ताक्षर गरेका छन् ।