दैलेख । जिल्लाका ११ वटै स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।
चार नगरपालिका र सात गाउँपालिकाले प्रस्तुत गरेको ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको बजेटले अपेक्षा बढाएको छ। बजेटमा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी सिर्जना प्राथमिकतामा राखिएको भए पनि पछिल्ला वर्षहरूमा देखिएको कार्यान्वयन कमजोरी र अधुरा योजना पुनः दोहोरिने चिन्ता नागरिकमा देखिएको छ।
सबैभन्दा ठूलो बजेट दुल्लु नगरपालिकाको (१ अर्ब ८ करोड) र सबैभन्दा कम ठाटीकाँध गाउँपालिकाको (४१ करोड) भए पनि दुवै तहमा स्रोत व्यवस्थापन र प्रभावकारी खर्च ठूलो चुनौती हुने देखिन्छ।
स्थानीय तहअनुसार बजेट विवरण:
दुल्लु नगरपालिका – १ अर्ब ८ करोड ८१ लाख ४९ हजार
नारायण नगरपालिका – ५६ करोड ४४ लाख ६९ हजार
आठबीस नगरपालिका – ५५ करोड ८८ लाख ६१ हजार
चामुण्डाविन्द्रासैनी नगरपालिका – ४८ करोड ४३ लाख
गुराँस गाउँपालिका – ७३ करोड ६१ लाख ४४ हजार
डुङ्गेश्वर गाउँपालिका – ४१ करोड ८१ लाख ७२ हजार
भगवतीमाई गाउँपालिका – ५६ करोड ४५ लाख ५७ हजार
नौमूल गाउँपालिका – ४५ करोड ८ लाख ६७ हजार
महावु गाउँपालिका – ४९ करोड ४० लाख ४२ हजार
भैरवी गाउँपालिका – ४९ करोड ९९ लाख ९० हजार
ठाटीकाँध गाउँपालिका – ४१ करोड १५ लाख ३१ हजार