सल्यान :  सुर्खेत सिम्ता गाउँपालिकामा पुनः एमाले विजयी भएको छ ।  अध्यक्षमा ६ हजार १ सय ७० मत ल्याएर एमालेका ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीले ६ हजार ९१ मत ल्याएर विजयी भएका हुन् ।  
चन्दका निकटतम प्रतिस्पर्धी कांग्रेसका बीरेन्द्र रावतले ५ हजार ८ सय ५२ मत ल्याएका थिए भने रेग्मीका प्रतिस्पर्धी माओवादी केन्द्रका चित्रवहादुर हमालले ५ हजार ३ सय ११ मत ल्याएका थिए । यस्तै राप्रपाका अध्यक्षका उम्मेदवार टिका नाथ योगीले २६ र उपाध्यक्षकी उम्मेदवार लक्ष्मी पौडेलले ३४ मत प्राप्त गरेका छन् । 
अध्यक्षमा ३१८ र उपाध्यक्षमा ७८० को मतान्तरले सिम्तामा पुनः विजयी भएको हो ।  सिम्ता गाउँपालिकामा ९ वटा वडा मध्ये १,२,३,४,५ एमाले र ६,७,८, र ९ गठबन्धन दलबाट नेपाली कांग्रेस विजयी भएको छ । 
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका यामराज शर्मा, २ खगेन्द्र सिंह ठकुरी, ३ मा लोकबहादुर शाही, ४ मा विरेन्द्र सिंह ठकुरी     , ५ मा मोहन कुमार चन्द, ६ मा लोकेन्द्र सिंह ठकुरी, ७ मा घनबहादुर केसी, ८ मा चेत बहादुर रेग्मी, ९ मा कविराज योगि विजयी भएका छन्  । 
नेपाली कांग्रेसले २०७४ मा जितेको नं वडा २ गुमाएको छ भने एमाले यस अघि जितेका वडा ८ र ६ गुमाएको छ । सिम्तामा नेपाली कांग्रेस, नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल थियो । नेकपा एमाले एक्लै चुनावमा होमिएको हो ।