धादिङ : धादिङमा गजुरी बाहेक सबै पालिकामा मतगणना सुरु भएको छ । नेकपा एमाले र गठबन्धनबीच प्रतिस्पर्दा रहेको स्थिानीय तह निर्वाचनमा उत्साहपूर्वक मतदान गरेका थिए । धादिङको धुनिबेसी नगरपालिका र निलकण्ठ नगरपालिकामा दिउँसोदेखि मतगणना सुरु भएको छ । सबै पालिकामा मतगणना वडा नम्बर १ बाट सुरु गरिएको निर्वाचन अधिकृतले जानकारी दिए ।
गल्छीमा राति २ बजेदेखि मतगणना सुरु भएको हो भने थाक्रे, नेत्रावती डबजोङ, सिद्धलेक, खनियाबास, रुबीभ्याली, गंगाजमुना, त्रिपुरासुन्दरी, बेनिघाटरोराङ, ज्वालामूखीमा मतगणना सुरु भएको छ ।
सबै पालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । मतगणना स्तलमा सिसि क्यामरा जडान गरेर निर्वाचन आयोगले निगरानी गरेको छ भने मतगणनास्थलमा तारजालीले बारेर सुरक्षित गरिएको मूख्य निर्वचन अधिकृत रमेश ज्ञावालीले जानकारी दिए ।
मतगणना स्तलमा उम्मेदवार प्रतिनिधिको सहभागिता रहेको छ । मतगणनास्थलमा जाने गणक, तथा प्रतिनिधलाई मोबाइल तथा क्यामरा लानसमेत निषेध गरिएको छ । मतगणनाको प्रारम्भीक नतिजन आउन थालेको छ । यता गल्छीको परिणाम आउन थालेको छ ।
गल्छी गाउँपालिका–१ मा शनिबार बिहानदेखि सुरु भएको छ । राससलाई प्राप्त पछिल्लो विवरणअनुसार गल्छी गाउँपालिका–१ मा एक हजार ५०० मत गणना गर्दा गाउँपालिका अध्यक्षमा सूर्य चिह्नका केदार खतिवडाले ८७६ मत पाउनुभएको छ भने नेकपा ९समाजवादी०का कृष्णहरि श्रेष्ठले ५२३ मत पाएका छन् ।
यसैगरी उपाध्यक्षमा रुख चिह्नका नेपाली कांग्रेसका भाइकाजी तिवारीले ७२७ मत पाउनु भएको छ भने नेकपा एमालेका राधा तिमल्सीनाले ६६६ मत पाएका छन् ।
वडा नम्बर १ को वडा अध्यक्षमा सूर्य चिह्नका यदुकुमार खतिवडाले ७४२ मत पाउनुभएको छ भने कलम चिह्नका माधव खतिवडाले ६६३ मत पाउनु भएको गल्छीस्थित निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस र नेकपा ९समाजबादी० गठबन्धन बनाएर चुनाव उठेको छ ।