वीरेन्द्रनगर : जाजरकोट माओवादी किल्ला हो । ०५२ सालमा माओवादीले जनयुद्ध रोल्पा, रुकुम र जाजरकोटबाट सुरु गरे । जाजरकोटवासीले माओवादीलाई धेरै पटक शक्ति र शक्तिमा पुर्याका छन् । त्यो ०७४ को निर्वाचन होस् या ०६४ प्रदेश र संघको चुनाव माओवादी राजकाज चल्यो ।
तर, त्यो अवस्था भने रहेन । जिल्लामा माओवादी संगठन कमजोर बन्दै गएको छ । ०७४ को स्थानीय तहको निर्वाचन परिणामले पनि त्यो देखिन्छ । सात स्थानीय तह मध्ये माओवादीले दुई स्थानीय तह मात्रै जित्यो । कांग्रेसले दुई जितेको थियो भने तीन एमाले जितेको थियो ।
बारेकोट गाउँपालिकामा माओवादी केन्द्र झिनो मतले पराजित भएको थियो । तत्कालीन कांग्रेसका महेन्द्रबहादुर शाहसँग माओवादी केन्द्रका तिलकबहादुर रावत १९ मतले पराजित भएका थिए ।
यो पटकको चुनावमा पनि गठबन्धनबाट कांग्रेसका महेन्द्र बहादुर शाह नै अध्यक्ष पदको उम्मेदवार बनेका छन् । बारेकोटमा चुनाव त्रिपक्षीय भिडन्त हुने गरेको छ। यद्यपी कांग्रेस र माओवादीको जति शक्ति एमालेमा छैन ।
पछिल्लो समय बारेकोटका हरेक वडामा कांग्रेसले बलियो संगठन निर्माण गरेको छ । त्यसले गर्दा पनि चुनाव जित्न सक्छ ।सरकारको नेतृत्व गर्दा पनि लोकप्रिय बनेका महेन्द्र शाहले संगठनमा पनि उत्तिकै लोकप्रिय छन् ।
सरकार चलाउँदा प्रतिपक्षले समेत सहयोग गर्ने अवस्था थियो । जसले गर्दा बारेकोटमा विकासको जग बसाले । स्थानीय सरकार गठन हुनुभन्दा पहिले दुई दिन हिँडेर सदरमुकाम खलंगा आवश्यक काम गर्न आउने स्थिती थियो ।
अहिले पाँच घण्टामै गाडीमा बारेकोट पुगिन्छ । बस्ती बस्तीमा सडक सञ्जाल जोडिएको छ । इन्टरनेटको पहुँच जोडिएको छ ।स्वास्थ्यमा पनि सुधार हुँदै गएको छ । स्वास्थ्य संस्थामा औषधि अभाव छैन ।
राष्ट्रिय स्रोत तथा वित्त परिषद् स्थानीय स्थानीय सरकारको कार्यसम्पादनक हिसाबले पनि जाजरकोटको पहिलो स्थानीय तह बन्यो । स्वास्थ्य सेवा प्रभावका हिसाबले पनि पहिलो नै बनेको छ । यी र यस्ता उदाहरणहरू धेरै छन् । पहिलेको बारेकोट र अहिलेको बारेकोट फरक छ ।
महेन्द्र शाहको अघिल्लो कार्यकाल सफल भएकै कारण उनी कांग्रेसबाट फेरि उम्मेदवार बनेका हुन् । अघिल्लो कार्यालयमा बारेकोटीको मन जितेका महेन्द्रको टिमले यसकारण पनि चुनाव जित्न सक्छ । त्रिपक्षीय भिडन्त हुने बारेकोटमा अहिले माओवादी र कांग्रेस एकसाथ चुनावमा होमिएका छन् ।
महेन्द्र शाह पछिल्लो समय बारेकोटको मात्रै नभइ सिंगो जाजरकोटकै राजनीतिको एक हिस्सा रुपमा परिचित छन् । मुकाम केन्द्रित राजनीतिले बारेकोटलाई सधैं पछाडि पारिरहेको अवस्था थियो ।
त्यो कांग्रेसमा होस् या एमालेमा होस् वा माओवादी । बारेकोटले जाजरकोटको राजनीति नेतृत्व गर्ने अवसर पाएको थिएन । जसले गर्दा बारेकोटले विश्वास गर्ने, प्रभावशाली नेता र नेतृत्वले पाएको थिएन । पछिल्लो समय सिंगो जाजरकोट कांग्रेसको नेतृत्व बारेकोटले गरिरहेको अवस्था छ ।
यसैबेला महेन्द्रले कांग्रेसको सिंगो क्षेत्र नम्बर १ को नेतृत्व गरेर बारेकोट गाउँपालिका अध्यक्ष भएका थिए । र, यस अघि सम्पन्न नेपाली कांग्रेसको १४ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र जिल्लाको सभापति हुने लाइनमा थिए । तर, बारेकोटकै महेन्द्रभन्दा सिनियर नेता वेदराज सिंह सभापतिमा उठेपछि उनी पछि हट्न बाध्य भएका थिए ।
यतिबेला, समग्र कांग्रेसको नेतृत्वको बारेकोटले गरिरहेको अवस्था छ । यसकारण पनि बारेकोटमा कांग्रेस बलियो भएको हो । यो हुनु र बनाउनु महेन्द्र शाह पनि एक हिस्सा हुन्।
यद्यपी चुनाव हो भविष्यवाणी गर्न सकिँदैन । एमाले पनि गठबन्धनलाई परास्त गर्ने दाउमा छ । एमालेबाट पत्रकार वीरबहादुर गिरी उम्मेदवार छन् । उनको प्रभाव पनि उत्तिकै छ । एमालेबाट उपाध्यक्ष पदमा गीता सिंह उम्मेदवार छन् । उनीहरूको प्रभाव पनि कम छैन ।
तर गठबन्धनका उपाध्यक्ष पदका उम्मेदवार पनि उत्तिकै प्रभावशाली हुन् । जनयुद्धदेखि राजनीति थालेका नरबहादुर गिरी महेन्द्र शाहको टिमबाट उपाध्यक्ष छन् । बारेकोटमा प्रभाव र विकासप्रेमि नेताका रुपमा महेन्द्र बढी नै चिनिन्छन् ।