सुर्खेत : नेपाली राजनीतिमा नातेदार कोच्ने चलन अहिलेको होइन उहिलकै हो । जहाँ, योगदान र क्षमता होस्, नहोस् केही फरक पर्दैन । नेताको भाइ भए पुग्छ । बहिनी भए पुग्छ । श्रीमती भए पुग्छ ।
जसले निर्वाचनमा गाउँपालिका अध्यक्ष हुँदै नगरपालिका मेयरदेखि प्रदेश सांसदको पगरी गुथिनै हाल्छ । उम्मेदवारमा सिफारिस भइ नै हाल्छन् । त्यहीँ पगरी आफ्नो श्रीमतीलाई गुथाउदै छन् नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद शाह ।
दैलेख एमालेले केही पालिकाको उम्मेदवार टुंगो लगाए पनि केही पालिकामा बाँकी छ । त्यसमध्येको ठाटीकाँध गाउँपालिका पनि हो । ठाटीकाँधमा एमालेतर्फका अध्यक्ष र उपाध्यक्षको टुंगो लाग्न सकेको छैन । कारण, अध्यक्ष विनोद शाह बनेका छन् ।
अध्यक्ष शाहकी श्रीमती लक्ष्मीदेवि शाहलाई एमालेको तर्फबाट ठाटीकाँध गाउँपालिको अध्यक्ष उम्मेदवार बनाउन बनाउन दबाब सिर्जना हुँदा उम्मेदवारको टुंगो लाग्न सकेको छैन ।
श्रीमतीलाई अध्यक्षको उम्मेदवार बनाउन शाह स्वयं ठाटीकाँध बस्दै आएका छन् । गाउँ कमिटीका सदस्यलाई दबाब दिँदै आएका छन् । जसकारण, अन्य पालिका अध्यक्षको उम्मेदवार बन्न चाहेका नेताहरु असन्तुष्ट बन्दै गएका छन् ।
उम्मेदवार बन्न चाहेका एकजनाले भने – ‘हामीले लामो समय एमालेमा राजनीति गर्दै आएका छौं । हामीले पनि गाउँपालिकाको विकासका लागि योजना बनाएका छौं । त्यसकै लागि पार्टीसँग टिकटको प्रस्ताव राखेका हौं । तर, अध्यक्षज्युँले आफ्नो श्रीमतिलाई नै उठाउनुपर्छ भन्ने छ । त्यो हाम्रा लागि मान्ने छैन । अध्यक्षकै उम्मेदवार बन्न चुनावै गरौं भन्दा पनि मान्नु हुँदैन । जसरी पनि प्रदेश कमिटीमा श्रीमतीलाई सिफारिस गर्ने मनसायमा हुनुहुन्छ । महिला अनिवार्य उठाउनुपर्ने सर्कुलर रहेको बताउनु हुन्छ । ठिक छ त्यो सर्कुलर हो भने अध्यक्षमा उहाँको श्रीमती बाहेक अन्य महिलालाई उठाउन तः । हाम्रो साथ सहयोग पनि हुनेछ । तर, उहाँ मान्नु हुँदैन ।’
तर, पनि अध्यक्ष बिनोद कुमार शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताएका छन् । ‘आमा बिरामी भएका कारण ठाटीकाँधमा आएको हुँ’ उनले भने, ‘मैले श्रीमतीलाई सिफारिस गर्न पनि आएको होइन । नतः श्रीमतीलाई जिताउन नै ।’
भन्दा समावेशी भन्ने अहिले महिलाले गाउँपालिका अध्यक्षमा चाँसो देखाउँदा विरोध गरिरहेको उनको भनाइ छ – ‘सुरुआती अवस्थादेखि नै हामी दुबैजना पार्टीमा लागेका छौं । उनको (श्रीमती) पनि आफ्नो ठाउँको पालिकाबाट उम्मेदवार बन्छु भन्ने अधिकार तः होला नि ? पार्टीको काम निरन्तर गर्नुपर्ने तर पालिकाको दाबी गर्दा विरोध गर्ने ? यो कस्तो प्रचलन हो ? महिला जहिले राज्यको मूल नेतृत्वमा आउनुपर्छ । र, हुनुपर्छ ।’
तीनजनाको नाम सिफारिसस गर्न अनुरोध गर्दा नमानेको उनको दाबी छ – ‘तीन जनाको नाम सिफारिस गर्न भनेका हों । तर, केही साथीहरु मान्नुनै हुन्न । पार्टी कमिटीले विवेकपूर्ण रुपमा सोच्ने छ । पार्टीको पक्षमा परिणाम आउने गरी निर्णय गर्नेछ । मलाई मेरो श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापन बाहेक केही होइन । श्रीमतीले चुनाव लड्नै नपाइने भन्ने होइन । पार्टीमा योगदान पनि छ ।’
चुनाव हारियो भने आफ्नो नाम जोडिने बताउँदै ठाटीकाँध क्षेत्रबाट २०४० सालदेखि चुनाव जिताइरहेको उनले बताए । ठाटीकाँध एमालेमा अध्यक्ष पदका लागि हालका अध्यक्ष धीरबहादुर शाही, योगेन्द्र विक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारीले अध्यक्षमा दाबी गरेका छन् । यस्तै उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी गरिरहेका छन ।