सिमकोट : नेकपा एमाले अध्यक्ष केपी ओली आइतबार हुम्ला आउने भएका छन् । अध्यक्ष ओली हुम्ला आउने भएपछि उनका लागि तीव्र तयारी भइरहेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका लागि अध्यक्ष ओली हुम्ला आउन लागेको जानकारी दिइएको छ ।
हुम्ला एमाले अध्यक्ष कलबहादुर हमालका अनुसार, अध्यक्ष ओली हुम्ला आउने र निर्वाचन लक्षित कार्यक्रम हुने जानकारी दिए । ओलीले सम्बोधन गर्ने सभाका लागि एमाले ‘ख’ नम्बर प्रदेशका कार्यकर्ताहरुलाई सिमकोट ल्याउन सुरु गरिएको छ ।
त्यसैगरि सिमकोटको कार्यक्रम मानसरोवर बहुुमखी क्याम्पसमा सञ्चालन हुने र मञ्च तयारीमा टुटिसकेका छन् । यसअघि २०७५ साल बैशाख १ गते रारा पर्यटन महोत्सबमा आउने क्रममा अध्यक्ष ओली हुम्ला पहिलो पटक आएका थिए ।
निर्वाचन लक्षित कार्यक्रमका लागि अध्यक्ष ओली हुम्लामा दोस्रो आउन लागेका हुन् । अध्यक्ष ओलीको बैशाख ४ गते ११ बजे हेलिकोप्टरबाट सिमकोट सिमकोट पुग्ने र सिमकोटबाट लिमीतर्फ जाने कार्यक्रम रहको छ ।
लिमी जाने क्रममा मानसरोवर कैलाशको दर्शन गर्न विमानस्थलबाटै लिमी गएर लाप्चापुुग्ने कार्यक्रम गरहेको जानकारी दिइएको छ । उनले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नेछन् ।
हेलिकोप्टरबाटै उनले लिमी भ्यालीको पनि अवलोकन गर्ने र हल्जीगाउँमा स्थानीयसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ । लिमीबाट फर्केपछि उनले सिमकोटको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सिमकोटको कार्यक्रमलाई सम्बोधनपछि सोहीदिन दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने कार्यक्रममा सहभागि हुने छन् । अदानचुलीको कार्यक्रममा पनि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा हुम्ला एमालेले पत्रकार भेटघाट कार्यक्रम राखेर जानकारी दिएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा स्थानी कमिटी समस्य गोरख बोगटी, सचिव तर्थिराज बोहरा लगायतको उपस्थिती रहेको थियो ।