काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय लिने बताए ।
निर्वाचन लक्षित पार्टीको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ को आज काभ्रेपलाञ्चोकको बनेपामा शुभारम्भ गर्दै उहाँले स्थानीय नेता कार्यकर्तालाई गठबन्धनबारे चिन्ता नगर्न आग्रह गरेका थिए। गठबन्धनबारे तपाईँहरू चिन्ता नगर्नुस् यसको चिन्ता पार्टीले लिन्छ, तपाईँहरू बढीभन्दा बढी मतदातालाई नेपाली कांग्रेससँग जोड्ने मात्रै सोच्नुस्”, पूर्वमन्त्रीसमेत रहनुभएका महतले भने ।
उनले पार्टी ‘एक्लै जिन्छ भने एक्लै लड्ने, हैन भने गठबन्धन हुने बताए । “गठबन्धनको निक्र्योल जिल्ला जिल्लाबाट आएको सुझावसमेतका आधारमा केन्द्रीय समितिले लिन्छ, यसबारे निर्णय नहुन्जेलसम्म बहस चलाउनुपर्ने आवश्यकता छैन, त्यतिबेलासम्म धैर्यता गर्नुहोस् ।
प्रवक्ता महतले हरेका स्थानीय तहको स्थिति फरकफरक रहेकाले सोही विश्लेषणका आधारमा गठबन्धन हुने दोहोर्याए । “हरेक पार्टीको लक्ष्य निर्वाचनमा बढी जित्ने हुन्छ, हामी सोहीअनुसार लाग्नुपर्छ, हाम्रो लक्ष्य पनि त्यही हो”, । पार्टीको निर्माण आमनिर्वाचन जित्नका हुने भएकाले पार्टीलाई क्लबका रूपमा रुपान्तरण गर्ने चाहना कसैको नहुने बताए ।
पार्टीलाई सत्तामा पु¥याइ जनताको सेवा गर्ने, देशको साधान स्रोत र बजेटको भरपुर सदुपयोग गरी देशलाई उन्नतितर्फ उन्मुख गर्ने सबैको चाहना हुने प्रवक्ता महतको धारणा थियो । केन्द्रको निर्देशनअनसार चुनावी अभियानमा मतदाताको घरघरमा पुग्नुहोला, भेटका बेला एमसिसीको फाइदाबारे सकारात्मक रुपमा पनि बुझाउन नबिर्सनुहोला ।
उनले नेपाली कांग्रेस र अन्य पार्टी धेरै अध्ययनपछि मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बारे सहमतिमा पुगेको उल्लेख गरेका छन् । पार्टीको जिल्लास्थित प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्रका सभापति, स्थानीय तहका सभापति तथा वडा सभापतिको उपस्थिति रहेको थियो । सो अवसरमा जिल्लादेखि वडागत तहसम्म निर्वाचनसम्बन्धी कार्य विभाजनको जिम्मेवारी दिइएको थियो ।