खोटाङ : नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन । दिक्तेलमा सम्पन्न सङ्गठनको ११औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षमा निर्विरोध चयन भएकी हुन । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रामप्रसाद आचार्य र निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सहसचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन ।
सदस्यमा ओशन सुवेदी, दिक्षिका शाक्य, पिएसपी चाम्लिङ, नारायण आचार्य, जीवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सिर्जना लुइँटेल, सुशीला बस्नेत (आचार्य), सिर्जना आचार्य, सञ्जीव मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गीता रिजाल र नवराज राई रहेका छन । अधिवेशनले मणिराम ढकाल, तीर्थ आचार्य, मन्दिरा घिमिरे, विनोद राई, अगम विश्वकर्मा र रामप्रसाद आचार्यलाई केन्द्रीय प्रतिनिधि छनोट गरेको छ ।
विज्ञान राई, यादव धमला, नवराज पौडेल, गणेश आचार्य, कृष्ण आचार्य र उत्तर बजिमयलाई प्रदेश प्रतिनिधिमा छनोट गरिएको निवर्तमान जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य मोहनकुमार भट्टराईले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य ध्रुवकुमार कार्कीले पद तथा गोपनीयताको शपथ खुवाएका छन ।
यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ खोटाङको अध्यक्षमा दीपेश श्रेष्ठ चयन भएका छन । गए राति दिक्तेलमै सम्पन्न सङ्घको दोस्रो जिल्ला अधिवेशनले २५ सदस्यीय जिल्ला कार्यसमितिको अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा अनिता भट्टराई र कौशल अधिकारी, सचिवमा रामप्रसाद आचार्य, सहसचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा सुशीला आचार्य चयन भएकी छन । सङ्घको प्रदेश र केन्द्रीय प्रतिनिधि चयन गर्न बाँकी रहेको जनाइएको छ ।
यसैबीच सरकारविरुद्ध दिक्तेल बजारमा निकालिएको कर्मचारी आन्दोलनमा सहभागी हुँदा जागिरबाट हटाइएका खोटाङका चार कर्मचारी सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङले विसं २०४८ साउन १५ गते दिक्तेलमा निकालेको शान्तिपूर्ण आन्दोलनमा सहभागी भएवापत जागिरबाट हटाइएका रामकाजी खत्री, चन्द्रप्रसाद आचार्य, रामविक्रम थापा र चित्रकुमार बजिमय शुक्रबार सम्मानित भएका हुन् ।
सङ्गठनको स्थापनाकालदेखि सक्रिय रही ऐतिहासिक कर्मचारी आन्दोलनमा सहभागी भएवापत जागिर खोसिए पनि निरन्तर क्रियाशील रहेर सङ्गठनको गरिमालाई उच्च बनाउन पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सम्मान गरिएको सङ्गठनले जनाएको छ । सम्मानित कर्मचारीलाई सङ्गठनको ११औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सहसंयोजक लेखनाथ कोइराला र प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन ।
यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल खोटाङले स्वास्थ्य सेवाको क्षेत्रमा लामो समयसम्म सेवा गरेका रेवतीप्रसाद पाण्डे र पर्शुराम आचार्यलाई सम्मान गरेको छ । दोस्रो जिल्ला अधिवेशन उद्घाटनको अवसरमा पाण्डे र आचार्यलाई सम्मान गरिएको हो ।