सुर्खेत : कर्णाली सरकारले अबको केहीँ दिनमा पुर्णता पाउँने भएको छ । गत कात्तिक १६ गते मुख्यमन्त्रीका रुपमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका थिए । जीवनबहादुर मुख्य मन्त्री बनेको तीन महीनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
मुख्य मन्त्री शाहीले आज आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै आइतबार सरकारलाई पूर्णता दिने बताएका हुन् । मुख्य मन्त्री शाहीले लेखेका छन् ‘बारम्बार, बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबार सम्म पाउनु हुनेछ मोहदयहरू !’
यस्तै, कर्णाली प्रदेशमा हाल माओवादी र समाजवादीबाट एक÷एक जना मन्त्री मात्रै रहेका छन् । एकीकृत समाजवादीबाट डोल्पाका चन्द्रबहादुर शाही भूमि, व्यावस्था, कृषि तथा सहकारी मन्त्री र माओवादीबाट सुर्खेतका बिन्दमान बिष्ट आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।
यस्तै, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका सुर्खेतका यज्ञबहादुर बुढा ९क्षेत्री० र नेपाली काँग्रेस संसदीय दलका सचेतक दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् भने समाजवादीबाट पार्टीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन् । यस्तै, माओवादीबाट मन्त्रीमा गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहलाई बनाउँने माओवादीले निर्णय समेत गरेको छ ।
हुम्लाका गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने भएपछि नेकपा माओवादीका सांसद्हरूबीच नै किचलो बढेको छ । भने केहीँ सांसदहरूले विरोध समेत गरेका छन् ।
माओवादीका संसदीय दलका सचेतक तथा सांसद ठम्बरबहादुर बिष्टले गैरसांसद्लाई मन्त्री बनाउन लागेपछि सामाजिक संञ्जालमा फेसबुकममा लामै स्टाटस लेख्दै विरोध जनाएको छन् । बिष्टले कर्णालीमा मौलाएको गैर सांसद र गैरराजनैतिक प्रकरणवारे भन्दै स्टाटस लेखेका छन् ।