काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी र विभाग प्रमुखको मनोनयन गरेका छन्।
उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।
त्यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई ल्याएका छन् भने सहमहामन्त्रीमा बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवनका रीना गुरुङलाई मनोनयन गरेका छन्।
यसै गरी सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने, दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रुपन्देहीका ताहिर अली र नुवाकोटका दीपककुमार राईलाई ल्याएका छन्।
अध्यक्ष लिङ्देनले प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनयन गरेका छन्। सहायक प्रवक्तामा पनि दोलखाका प्रविनकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई ल्याएका छन्।