कर्णाली : पुष्पलाल स्मृति प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका नेता बसन्त कुमार विश्वकर्मा चयन भएका छन् । मंगलबार सुर्खेतमा सम्पन्न भएको भेलाबाट अध्यक्षमा विश्वकर्मासहित वरिष्ठ उपाध्यक्षमा मुगुका धर्मबहादुर शाही चयन भएका छन् ।

यस्तै, उपाध्यक्षमा दैलेखका मायाराम अधिकारी, महासचिवमा सल्यानका रमेशकुमार गौतम, सचिवमा रुकुमपश्चिमका सुरजकुमार परियार, कोषाध्यक्षमा सुर्खेतकी विमला थापा चयन भएका छन् ।
सदस्यमा डोल्पाबाट गनेशबहादुर शाही, जुम्लाबाट आदिप्रसाद न्यौपाने, डोल्पाबाट छक्कबहादुर धरला, जाजरकोटबाट कमान खड्का, कालिकोटबाट रविन्द्रबहादुर शाही, सुर्खेतबाट देउकली थापा मगर, हुम्लाबाट पवित्रा देवकोटा चयन भएका छन् ।

कार्यक्रमपछि प्रतिष्ठान समितिले माघको पहिलो हप्तासम्म १० वटै जिल्लामा शाखा विस्तार गर्ने निर्णय गरेको अध्यक्ष विश्वकर्माले बताए । समितिले सल्लाहकार समिति पनि गठन गरेको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान कर्णालीका निवर्तमान अध्यक्ष एवं कर्णालीका कृषिमन्त्री चन्द्रबहादुर शाही नेतृत्वमा सल्लाहकार गठन गरेको हो । जसमा मन्त्री शाही, सांसद देवी ओली र शिवप्रसाद उपाध्याय सल्लाहकारमा रहेका छन् ।
प्रतिष्ठानको कार्यालय नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशकै कार्यालयमा रहने भएको छ । उक्त कार्यालय एकीकृत समाजवादी कर्णालीका अध्यक्ष अम्मरबहादुर थापाले कार्यालय उद्घाटन गरेका छन् ।
अध्यक्ष विश्वकर्मा, नेकपा एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य, कार्यालय सचिव, मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष समेत हुन् । विश्वकर्मा सामाजिक न्याय र मानवधिकारको क्षेत्रमा क्रियाशिल छन् ।