काठमाडौं: राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि नेकपा एमालेले १९ जना उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले सातै प्रदेशमा क्लष्टरअनुसार १९ जना उम्मेदवारको टुंगो लगाएको हो। सत्ता गठबन्धनका दलहरुले भागबन्डाअनुसार नाम तय गरिरहँदा प्रतिपक्ष दल एमाले पनि निर्णयमा पुगेको हो।
राष्ट्रिय सभामा फागुन २० बाट रिक्त हुने १९ सीटका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । अर्को एक सीटमा भने सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्नेछिन् ।
एमालेले राष्ट्रियसभा निर्वाचनका लागि तय गरेको उम्मेदवारहरु
प्रदेश-१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)
प्रदेश २
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)
बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)
गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)
लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)
कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)
सूदुरपश्चिम
खलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)