काठमाडौं: नेपाली कांग्रेस पार्टी स्थापना पछि पहिलोपटक चितवनले केन्द्रीय सदस्य पाएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्लाबाट पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
यसअघि पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा आमन्त्रित केन्द्रीय सदस्य भएको भए पनि निर्वाचित सदस्य अहिलेसम्म कोही हुन सकेका थिएनन् ।
चौधौँ महाधिवेशनबाट कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ, प्रतिनिधि सभा सदस्य उमेश श्रेष्ठ, तत्कालिन संविधानसभा सदस्य अञ्जनी श्रेष्ठ, नेता दिनेश कोइराला र शान्ति परियार विक निर्वाचित भएको छन् ।
महाधिवेशनमा जिल्लाबाट १३ जनाले केन्द्रमा उम्मेदवारी दिएका थिए । कांग्रेसको राजनीतिमा पाँच पटकसम्म चितवनको सभापति भएर काम गर्नुभएका गुरुङ आदिवासी जनजाति कोटाबाट केन्द्रीय नेतृत्वमा पुग्न सफल भएको छन् ।
विसं २०१८ देखि कांग्रेसको राजनीतिमा सक्रिय गुरुङले २०७० सालको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई चितवनबाट जिताउन टिकटसमेत त्यागेर सहयोग गरेका छन्। यस्तै व्यापारिक पृष्ठभूमिबाट कांग्रेसको राजनीतिमा आउनुभएका श्रेष्ठ हाल प्रधानमन्त्री कार्यालयका बहालवाला राज्यमन्त्री थिए ।
केही समय स्वास्थ्य राज्यमन्त्री बन्नुभएका श्रेष्ठ शिक्षा, स्वास्थ्य, जलविद्युत् र पर्यटन व्यवसायसँगै बैंकिङ क्षेत्रका ठूला लगानीकर्ता थिए । श्रेष्ठ पनि चितवनबाटै प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय जिम्मेवारीमा पुग्न सफल भएको छन् ।
पार्टीको १३औँ महाधिवेशनमा पनि महासमिति सदस्य हुनुभएका श्रेष्ठ चितवन क्षेत्र नं ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । तत्कालिन संविधानसभा सदस्यको जिम्मेवारीसमेत निर्वाह गरी सक्नुभएका श्रेष्ठ अहिले प्रतिनिधि सभा सदस्य रहनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घबाट कांग्रेसको राजनीतिमा सक्रिय हुनुभएकी नेत्री अञ्जनी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएको छन् । आदिवासी जनजाति कोटाबाटै केन्द्रीय समितिमा प्रवेश गर्नुभएकी श्रेष्ठ तत्कालिन संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।
कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा रहेर काम गर्नुभएका उन पद्मकन्या क्याम्पसबाट स्वतन्त्र विद्यार्थी युनियनकी सभापतिसमेत भएर काम गर्नुभएको थियो । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेता दिनेश कोइराला भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार थिए।
नेकपा (माओवादी केन्द्र)सँग तालमेल हुने भएपछि उहाँले उम्मेदवारी छोड्नुभएको थियो । स्थानीय तह निर्वाचनमा टिकट फिर्ता लिएपछि उन त्यसपछिको निर्वाचनमा चितवन–३ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नुभयो । कोइरालाले नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका थिए ।
सन् २००८ मा जेसीजको राष्ट्रिय अध्यक्ष भएको छन् । यस्तै विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय परियार दलित सङ्घ चितवनकी अध्यक्ष थिए । दलित समुदायको मुद्दालाई अघि बढाउँदै आउनुभएकी उन पहिलोपटक केन्द्रीय समितिमा पुग्न सफल भएको छन् ।
निर्वाचित तीन जना संस्थापन समूह र दुई जना संस्थापन इतर समूहबाट निर्वाचित भएको छन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ भने झिनो मतान्तरले पराजित भए । रासस