सिमकोट : नेकपा एमालेको पहिलो वडा अधिवेशनबाट हुम्ला सिमकोट गाउँपालिका– ६ को वडा अध्यक्षमा टेक बहादुर रोकाया निर्विरोध चयन भएका छन् । वडा अधिवेशन सुरु भएको तीन दिनपछि उनी अध्यक्ष चयन भएका हुन् ।
सदरमुकाम समेत रहेको उक्त वडामा एमाले खासै पकड देखिदैन । संगठन निर्माणमा समय लागेकाले अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न केही समय ढिलो भएको अध्यक्ष रोकायाले बताए ।
उनले १६ सदस्यीय कमिटी गठन भएको बताए । कमिटीको उपाध्यक्षमा बसुम रोकाया, सचिवमा रोल रोकाया, उपसचिवमा जौका रोकाया चयन भएका छन् । त्यसैगरि कमिटीको सदस्यमा मुना बोहरा, हाँसकला बोहरा, धर्मजित रोकाया, बाँचकला बोहरा, राज कुमार रोकाया, सरिता कोराया, जसुर रोकया, रुप्सी रोकाया, डाँफु सुनार, लालि सुनार, अन्जु रावत र अस्मीता रावत चयन भएका छन् ।
३१ सदस्यी कमिटीमा बाँकी सदस्य चाँडै पुरा गरिने भएको छ । रोकाया एमालेको ९ औं महाधिवेशनमा पनि साविकको गाउँपालिकाको वडाको अध्यक्ष थिए । अब पार्टीलाई नयाँ जागरणका साथ अगाडी बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए । गठित कमिटीमा महिलाको सहभागिता उल्लेखनीय रहेको छ ।