एजेन्सी : शास्त्रहरूमा जीवनका सबै जरुरी कामका लागि खास कुराहरू बताइएका छन् । यी कुरालाई ध्यानमा राख्दा स्वास्थ्य लाभका साथसाथै सुख समृद्धि पनि प्राप्त हुन्छ।
हिन्दु धर्म अनुसार शास्त्रले कतिपय कुराहरुलाई बर्जित गरेको छ । शास्त्र अनुसार हामीले सुत्नु भन्दा अगाडी जहिल्यै विचार पुर्याउनुपर्छ । गलत समयमा सुत्दा हाम्रो स्वास्थ्यलाई बेफाईदा पुर्याउनुको साथै हानिकारक मानिन्छ । शास्त्र अनुसार झुक्किएर पनि सुत्नु नहुने समयहरु निम्न अनुसार छन् । मानिसहरूको प्रिय चिज भनेकै निन्द्रा हो l
जसले हाम्रो दिनभरिको थकाई मेटाउनका साथसाथै प्राप्त मात्रामा आराम पनि प्रदान गने गर्छ l तर धर्मशास्त्र अनुसार सुत्दा आराम प्राप्त हुन्छ वा थकाई मेटिन्छ भन्दैमा जति खेर पाए त्यति खेर सुत्नु भने उचित हुँदैन l त्यसैले आउनुहोस् चर्चा गरौँ आखिर कस्तो समयमा चाही सुत्नु उचित हुँदैन त?
सूर्योदयको समय शास्त्र अनुसार, घाम झुल्किएपछि पनि सुतिरहनेसँग धनकी देवी लक्ष्मी रिसाउँछिन् । त्यसरी सुत्ने ब्यक्तिहरु जति पैसा भएपनि सन्तुष्ट रहन सक्दैनन् । मानसिक तनाव हुने मात्र होइन, स्वास्थ्य पनि राम्रो हुँदैन।
मध्यान्नको समय मध्यान्नको समयमा पनि कहिल्यै सुत्नु हुँदैन । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ । विशेषगरी दिउँसोको खानापछि सुत्ने मान्छेमा भुँडी बढ्ने समस्या देखिन्छ । शात्र अनुसार मध्यान्नमा सुत्ने मानिस रोगी हुन्छ।
सूर्यास्त समय घाम अस्ताउने बेला पनि कहिल्यै सुत्नु हुँदैन। शास्त्र अनुसार घाम अस्ताउने समय भनेको पुजा अर्चना गर्ने समय हो । विनाकारण यो समयमा सुत्ने व्यक्तिले कहिल्यै सफलता पाउन सक्दैन।
सुत्दा ध्यान राख्नुपर्ने अन्य कुरा
राति खाना खानेबित्तिकै नसुत्नुहोला । खाएपछि एकछिन पैदल हिँड्नुस् वा वज्रासनमा बस्नुस् । खाना खाएको कम्तीमा दुई घन्टापछि सुतेको राम्रो हो । सुत्नुअघि राम्रो सकारात्मक सोच जगाउने पुस्तक पढेको बेस ।
भगवानको मन्त्र जपेर सुत्दा खराब सपना आउँदैनन् । सुत्नुअघि सुमधुर संगीत सुन्नुभए हुन्छ । राति छिटो सुतेर बिहान ब्रह्म मुहूर्त वा सूर्योदयको समयमा उठ्नु ठीक हुन्छ । सूर्योदयपछि पनि खाटमा पल्टिरहँदा आलस्य बढाउँछ ।