शुभ प्रभात.....
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ...
- आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ ।
वृष : इ, उ, ए, ओ, वा, वि, वु, वे, वो....
- आज दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता पनि बढ्न सक्छ ।
मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, हा ....
- आज मनमा प्रसन्नता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो ....
- बौद्धिकताको विकास हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे ....
- आज नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
कन्या : टो, पा, पि, पु, ष, ण, ठ, पे, पो....
- बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला : रा, रि, रु, रे, रो, ता, ति, तु, ते....
- आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।
वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु....
- सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ ।
धनु : ये, यो, भा, भि, भु, धा, फा, ढा, भे....
- कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
मकर : भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि....
- आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमीप्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आउन सक्छ ।
कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, दा....
- आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
मीन : दि, दु, थ, झ, ञ, दे, दो, चा, चि....
- छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानी हुनसक्छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । शैक्षिक क्षेत्रबाट पनि राम्रो नै हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
तपाईको राशिफलमा जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् - कर्णालीखबर''