सुर्खेतः सुर्खेतको मध्यपश्चिम विश्व विद्यालयका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विभिन्न १८ बुँदे माग राख्दै शान्तिपूर्ण पुर्ण आन्दोलनमा रहेका विद्यार्थीमाथि प्रहरीले दमन गर्दा केही विद्यार्थी घाइते भएका छन् ।
घाइते हुनेमा अखिल (क्रान्तिकारी) एमयूका संयोजक टोपेन्द्र पौडेल, राज पौडेल, तारा शर्मा, रोशन बस्नेत लगायतका विद्यार्थी रहेका छन् । त्यस्तै अन्य घाइते विद्यार्थीलाई प्रहरी गिरफ्तार समेत गरेको छ ।
जसमा दिपेन्द्र जंग शाही, भुपेन्द्र बम, केशब खड्का, रोशन बस्नेत, गोबिन्द सिजापती, तेजबहादुर बम, रोशन मिश्र, सन्देश थापा रहेका विश्व विद्यालय अनेरास्ववियूका ईन्चार्ज मोतिराम रम्तेलले जानकारी दिए ।
ईन्चार्ज रम्तेलले संयुक्त विद्यार्थीले विभिन्न २८ बुँदे माग राख्दै रिले अनशनमा बसेको बेला विद्यालयका उपकुलपति नन्दबहादुर सिंहले प्रहरी बल प्रयोग गरेर शान्तिपुर्ण आन्दोलनमा रहेका विद्यार्थीहरूलाई दमन गरि गिरफ्तार गरेको आरोप लगाएका छन् ।
साथै गिरफ्तार भएका विद्यार्थीहरुको तत्कालै रिहाई माग समेत गरेका छन् । अहिले विद्यार्थीहरूले विद्यालयका भीसी बस्ने कार्यालय बाहिर थप आन्दोलन समेत गरिरहेका छन् ।
विद्यार्थीले विश्वविद्यालयमा १८ बुँदे मागसहित शान्तिपूर्ण आन्दोलनरत संयुक्त विधार्थी आन्दोलनमाथि प्रहरीले दमन गर्नु निन्दनीय कार्य भएको भन्दै नारावाजी गरेका छन् ।
विद्यार्थीले प्रहरी दमन मुर्दावाद , समातिएका विद्यार्थीलाई तत्काल रिहाई गर, विधार्थीका माग तत्काल पूरा गर, नालायक उपकुलपति राजिनामा दे, जस्ता नारा लगाएका छन् । यस विषयमा यता जिल्ला प्रहरी कार्यलय सुर्खेतले सुचना दिन मानेको छैन् ।