सिमकोट : उत्तरी नाम्खा गाउँपालिकाको तुम्कोटमा वर्षासँगै आएको बाढीबाट ठुलो क्षेती पुगेको छ । बाढीले तुम्कोटको एक होटेल, खानेपानीको मुहान, सिंचाइ कुलो र खानेपानीको धारामा क्षेती पुगेको हो ।
वर्षासँगैको आएको बाढीले जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– २ को तुम्कोटमा ठूलो क्षेती पुर्याएको हो । तुम्कोटका टेम्जोक दोर्जे लामाले राती आएको वर्षा सहितको बाढीले स्थानीयको होटेल भएको घरमा ठूलो क्षती पुर्याएको बताए ।
घरमा रहेको अन्नपात, भाँडाकुडा र लत्तकपडा पनि छोपिएका छन् । उनले बाढीले तुम्कोटका स्थानीय होटेल, सिंचाई कुल र खानोपानीको मुहान पाईप लाइन पुर्णरुपमा बगाएर लगेको र खेतबारीमा भएको बाली र तरकारी बगाएको जानकारी दिए ।
गत वर्षमा निर्माण गरिएको सिंचाइ कुलोलाई बेलुका आएको बाढीका कारण चारदेखि पाँच सय मिटर लामो खोला बनाएपछि सिंचाइका लागि पानी सञ्चालनमा ल्याउन कठिन भएको छ ।
पहिरोले बगाउँदा स्थानीय लगाएको पाँच सय रोपनी खेतबारी र बाँझो जग्गामा समेत ठूलो क्षती पुर्याएको हो । बाढीले आन्तरिक तथा बाह्य पर्यटकको लागि खोलिएको होटलसमेत बगाएर लगेको छ ।
त्यसैगरि बाढी गएको स्थानमा रहेको खोनपानीको पाइप लाइन, धारामा पनि क्षेती पुर्याएपछि खानेपानीको समस्या भएको छ । प्रहरी निरीक्षक दानसिंह भण्डारीले बाढीबाट क्षेती भएको स्वीकार गर्दै घटना स्थलतर्फ प्रहरी गएकोले क्षेती विवरण आउन बाँकी रहेको जानकारी दिए । घटनाबाट मानवीय क्षेती भने नभएको उनले बताए ।