सल्यानः सल्यानको शारदा नगरपालिका – १ श्रीनगरकी १८ वर्षीय अस्मिता बुढाले सुसाइट नोट लेखेर आफ्नै घरमा झुण्डिएर आत्म हत्या गरेकी छिन् । आफ्नो प्रेमिले धोका दिएको भन्दै उनले साउन २ गते राती सुसाइट नोट लेखेर आत्महत्या गरेकी हुन् ।
साँझ खाना खाएर सुत्न गएकी उनले घरको दलिनमा सलको पासो झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जनाएको छ । उनको पोष्टमार्टम रिपोर्ट आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीसँग परिवारको जाहेरीका आधारमा प्रहरीले आत्महत्या गरेकी अस्मिताका प्रेमी श्रीनगरकै छवि ओलीलाइ पक्राउ गरेको छ । अदालतबाट म्याद लिइ उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको सल्यान प्रहरी कार्यालयका प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।
यसरी घट्यो घटना
अस्मिता दुइवर्ष अघिदेखि श्रीनगरकै छवि ओलीसँग प्रेम सम्बन्धमा थिइन् । छविले बैंकमा जागिर गर्थे । साउन २ गते शनिबार दिउँसो अस्मिता साथीहरुसँग घुम्न छत्रेश्वरी गाउँपालिकाको शंकमुल गइन । त्यही दिन लेखपोखरा गएका प्रेमी छवि अस्मितालाइ भेट्न शंकमुल आए । त्यसपछि उनिहरु शंकमुल पार्कमा फोटो खिच्न र गफगाफमा व्यस्त भए ।
दुवैको डेटिङ भएको भन्दै अस्मितासँगै गएका साथीहरु उनीहरुलाई उक्त ठाउँमा गफ गर्न दिएर आफुहरु घर (श्रीनगर) फर्किए ।
‘केटाले अस्मितालाइ फोन गरेर शंकमुल भेट्न आएपछि हामीहरु अस्मितालाइ उसँग छोडेर गाडीमा फर्कियौं ।’, अस्मिताकी साथीले भनिन्, ‘त्यसपछि उनिहरु आधा घण्टा जति त्यहाँ बसेर फोटो खिचेर घर (श्रीनगर) फर्किए ।’
घरबाट घुम्ना जाँदा अस्मिताले साथीहरुसँग आफ्नो प्रेमीले आफुलाइ आजभोली वास्ता गर्न छोडेको, टाइम नदिएको र धोका दिन खोजिहरको बताएकी थिइन् । तर शंकमुलमा छविसँग भेट हुँदा र फर्किदाँ उनि खुसी भएको साथीहरु बताउँछन् ।
अस्मिताकी आमा भन्छिन्, ‘उ फर्किदाँ हाँसिखुसी थिइ, साँझ उसको प्रेमीले टचर दियो होला अनि आ त्म ह त्या गरेकी हो ।’ आफुले पहिला त्यो केटा राम्रो होइन उ सँग प्रेम नगर भनेर सम्झाएको आमा बताउँछिन् ।
सुसाइट नोटमा अस्मिताले लेखेकी छन्, ‘ममी तिमीले भनेको ठिकै थियो, छविसँग लभ नगर भनेको तर म नसुनेर छविसँग लभ गरे, त्यसलाइ माया गरे तर मलाइ आज यो अवस्थामा लिएर छाड्यो ।’ अस्मिता घरकी एक्ली सन्तान हुन् ।