गण्डकीः पोखरा-ढाका सधिा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसएिसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स नाट्टा गण्डकीद्धारा आज पोखरामा आयोजति कार्यक्रममा वमिान बङ्गलादेशका प्रतनिधि िर पोखराका पर्यटन व्यवसायीले सो वषियमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रयि वमिानस्थल सञ्चालनमा आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सधिा हवाई उडान प्रभावकारी हुने वमिान बङ्गलादेशका कन्ट्री म्यानेजर अससिुर रहमानले बताए ।
उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षति हुने गरेका छन् ।
हाल ढाका-काठमाडौँ दैनकि एक उडानमात्रै हुँदै आएको छ । पाँच करोड जनसङ्ख्या रहेको बङ्गलादेशका १० प्रतशितमात्र पर्यटक नेपाल भत्र्यिाउन सकएि यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परषिद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।
वमिान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरनिे नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सग्दिेलले प्रतबिद्धता व्यक्त गरे ।
पश्चमिाञ्चल होटल सङ्घका अध्यक्ष वकिल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजार जत िपोखरा घुम्ने बताए ।
पोखरा पर्यटन परषिद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलएिको पर्यटन क्षेत्रमा छटिोभन्दा छटिो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्वअध्यक्ष वासु त्रपिाठीले पछल्लिो समय बङ्गलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राखे।
कार्यक्रममा परषिद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हररिाज अधकिारी, नाट्टाका सचवि सङ्गीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल, वमिान बङ्गलादेशका प्रतनिधिलिगायतले ढाका-पोखराबीचको पर्यटकीय साझेदारी सम्बन्धमा बोलेका थिए । रासस