सुर्खेतः सुर्खेतको भेरीगंगा नगरपालिका–७ मा ३९० घण्टे सिलाई कटाई, २ महिने होजियारी, ३९० घण्टे कम्प्यूटर र बासको मुढा सम्बन्धि सीप विकास तालिम सम्पन्न भएको छ ।
भेरीगंगा नगरपालिकाको कार्यालय उद्योग विकास शाखाको आयोजनामा संचालित गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत भेरीगंगा–७ मा ३९० घण्टे सिलाई कटाई,२ महिने होजियारी,३९० घण्टे कम्प्युटर र वासको मुढा सम्बन्धि सिप विकास तालिम गरिबीको रेखामुनि रहेका र सम्भावित महिलाहरुलाई रोजगार बनाई उनिहरुको जिविकोपार्जनमा सुधार हुने उद्देश्यले तालिम संचालन गरिएको हो ।
भेरीगंगा नगरपालिका–७ मा १४ जना सिलाई कटाई,१३ जना होजियारी,६ जना कम्प्यूटर र १४ जना वासको मुढा गरी ४७ जनाको सहभागिता रहि सिप विकास तालिम सम्पन्न भएको छ । सिलाई कटाई तालिमको प्रशिक्षक केशब दमाई,वास मुढा तथा सजावट सामग्रीका प्रशिक्षक विशाल आचार्य,कम्प्युटर प्रशिक्षक प्रेम बहादुर खत्री र होजियार प्रशिक्षक महेश्वरी शाही रहेका थिए ।
प्रविधि हस्तान्तरण ३९० घण्टे सिलाई कटाई तालिममा ६ जनालाई मेसिन साथै होजियारी र बास मुढाका प्रत्येक उद्यमीहरुलाई पनि प्रविधि हस्तान्तरण गरिएको थियो । भेरीगंगा– ७ का वडाध्यक्ष कर्णबहादुर मिजारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भेरीगंगाकी उप–प्रमुख रेणु आचार्य ढकाल , उद्योग विकास शाखा प्रमुख पिताम्बर पौडेल ,वडा न ७ का सदस्य चन्द्र बहादुर मिजार र मेवालाल सार्की र घरेलुु महासंघका उपाध्यक्ष ज्ञानु भुसाल,मेड्पा फोकल पर्सन चित्रा कुमारी डाङ्गीको समेत उपस्थिति रहेको थियो ।
-सीपी कार्कीबाट