काठमाडौँ : डोल्पामा जनप्रतिनिधिका आँसेपाँसेले आक्रमण गरेपछि उपचारका लागि काठमाडौँ आएका युवा लेखक प्रेम बोहरा डोल्पा फर्किएका छन् । शनिबार उनी काठमाडौँबाट उपचारपछि डोल्पा पुगेका हुन् ।
उनी डोल्पामा भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेका बेला वडाध्यक्षका आफन्तले उनीमाथि आक्रमण गरेका थिए । आक्रमणपछि उनी उपचारका लागि काठमाडौ आएका थिए । उनको टाउकोमा चोट थियो । काठमाडौँको ह्याम्स अस्पतालमा उनले टाउकोको सिटी स्क्यान गरेर जिल्ला फर्किएका हुन् । उनले उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
डोल्पा फर्किदा बोहराले लेखेको फेसबुक स्टाट्स
घटनास्थलदेखि स्वास्थ्य र कानुनी उपचारको प्रक्रियासम्म साथ, समर्थन र सहयोग गर्नुहुने सम्पुर्णलाई सम्झिन चाहन्छु र कृतज्ञ पनि छुँ । गाउँका गरिखाने जनता र तपाईहरुको प्रार्थनाले अझ बलियो महसुस भएको छ । लुटिखाने थोरैका विरुद्धमा लाग्न र गरिखाने धेरैको हितका लागि काम गर्ने प्रेरणा मिलेको छ । लक्ष्यप्रति अझै दृढ छुँ ।
डोल्पा जिप्रकाले कानुनी उपचारका लागि प्रक्रिया अगाडी बढाईरहेको छ । र आशा छ, त्यो प्रक्रियाले न्यायपुर्ण टुंगो पाउनेछ । प्रजिअ माधवप्रसाद ढकाल सर, प्रनानि राजु पाण्डे सर र उहाँहरुको टिम प्रति मेरो पुर्ण विश्वास छ ।
र मुख्य कुरो, गाउँको जुन योजनाको लागि यतिसम्म भयो, त्यसको निरुपण हुन बाँकी नै छ । त्यो पनि केही दिनमा होला भन्ने आशा लिएको छुँ । गाउँको हित तथा उपभोक्ता समितिबाट कार्यन्वयन हुने योजनामा जनसहभागिता सुनिश्चित गर्न ठुलिभेरी न.पा. न्यायिक समिति, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र विभिन्न दलका नेतृत्ववर्गहरुले भुमिका निर्बाह गर्नुहुनेछ भन्ने आशा लिएको छुँ ।
जिल्लामा उपचारका लागि डोल्पा जिल्ला अस्पताल टिम, र काठमाडौं ह्याम्समा उपचारको क्रममा निरन्तर प्रत्यक्ष साथ दिने अभिभावक प्रशान्त सिंह, साथी प्रदिप खतिवडा, मामा सुनिल बुढा, भाई शिव रोकायलाई धन्यवाद । डोल्पा अस्पतालमा हुँदा भेट्नआई हौसाला प्रदान गर्नुहुने अंगत बुढा दाई, बबि किशोर दाई, शेर ब. दाई, देबेन्द्र दाई, जितेन्द्र बाजे, राज न्यौपाने, जितेन्द्र झाक्री दाई, देब बुढा, रामबहादुर बोहोरा सर, देबि बुढा दाई लगायत सम्पुर्णमा धन्यवाद । र फोन, म्यासेज, फेशवुक, ट्वीटरमार्फत प्राप्त आशा, प्रेरणा, साथका म्यासेजहरु र पोष्टहरुका लागि सम्पुर्ण सुभचिन्तकहरुमा धन्यवाद । शिलापत्र, इकाज, साझा पोष्ट, कर्णाली खबर लगायत मिडियाहरुलाई आवाजलाई अझ बुलन्द पारिदिएकोमा धन्यवाद ।
अन्तमा, घटनादेखि श्वास्थ्य र कानुनी उपचारमा बुवासँगै खटिइरहने र संचार संयोजन गर्ने हरिनन्द बोहोरा दाई, भाईहरु उमेश बोहोरा, सिद्धिमान बोहोरा, शुकलाल बुढा, अम्मराम बोहोरा, खिमे बोहोरा, काकाहरु शिवनन्द बोहोरा, जयकृष्ण बोहोरा, चन्द्र ब. बोहोरा, बिरे बोहोरा र रामबहादुर राेकाय दाइ लगायत सबैमा साथका लागि धन्यवाद ।