काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रा.लीले भारतीय खेलाडी जयकिसन कोल्सावाललाई अनुबन्ध गरेको छ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले छैटौं विदेशी खेलाडी अनुबन्ध गरेको हो । योसँगै कर्णालीको विदेशी कोटा पूूरा भएको छ ।
कर्णाली याक्सले पाँच विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा स्कटल्यान्डका जेम्स वाट, नेदरल्यान्ड्सका म्याक्स ओ डाउड, भारतका प्रियाङ्क किरित पन्चाल र अफगानिस्तानका नाजिवुल्लाह जाद्रनले पहिलो पटक कर्णालीबाट खेल्दैछन् ।
३६ वर्षीय भारतीय आक्रमक ब्याटरले दोस्रो पटक कर्णाली याक्सबाट खेल्न लागेका हुन् । विकेट किपर समेत रहेका कोल्सावालले दुई खेल खेल्दा चितवनविरुद्ध अर्धसतक बनाएका थिए । नेपाली नेपाली क्रिकेटको लागि परिचित खेलाडी समेत हुन् । यसअघि धनगढी प्रिमियर लिग पनि खेलेका थिए ।
यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।