काठमाडौँ। १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड–२०८२ अन्तर्गत आयोजना गरिएको उसु खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
समापन समारोहमा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास, उपमहासचिव राजिव महर्जन, राष्ट्रिय खेलकुद परिषद् (रा.खे.प.) का बोर्ड सदस्य दिपेन्द्र बिष्ट, तथा उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा विजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई स्वर्ण, रजत र कास्य पदकसँगै क्रमशः रु ५,०००/-, रु ३,०००/- र रु २,०००/- नगद पुरस्कार प्रदान गरिएको थियो।
पदक तालिका अनुसार टिम नतिजा यस प्रकार रहेको छः
प्रथम स्थान: बागमती प्रदेश — ८ स्वर्ण पदक
द्वितीय स्थान: सुदूरपश्चिम प्रदेश — ३ स्वर्ण पदक
तृतीय स्थान: लुम्बिनी प्रदेश — १ स्वर्ण पदक
नेपाल उसु महासंघले प्रतियोगितामा सहभागी सम्पूर्ण प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा आयोजकहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ सफल र व्यापक प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।