काठमाडौँ। आईपीएल २०२५ अन्तर्गत एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हरायो ।
यो जितसँगै हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोली क्वालिफायर–२ मा पुगेको छ । अब, उसले जुन १ मा अहमदाबादमा पञ्जाब किंग्सको सामना गर्नेछ ।
शुक्रबार नयाँ चण्डीगढमा खेलिएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै २० ओभरमा पाँच विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
जवाफमा गुजरातले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । उनीहरूका लागि साई सुदर्शनले ८० रनको सानदार पारी खेलेपनि टोलिलाई जिताउन सकेनन् ।
गुजरातको सुरुवात कमजोर रह्यो । कप्तान शुभमन गिलले केवल एक रन मात्र बनाउन सके । उनी ट्रेन्ट बोल्टको शिकार बने । यसपछि कुसल मेन्डिस क्रिजमा आए र हिट विकेट लिएर पेभिलियन फर्किए । उनले साई सुदर्शनसँग ३४ बलमा ६४ रनको साझेदारी गरे ।
त्यसपछि सुदर्शनले वाशिंगटन सुन्दरको साथ पाए । दुवै बीच ४४ बलमा ८४ रनको साझेदारी भयो । सुन्दरले ४८ र सुदर्शनले ८० रन बनाए । जबकि, रदरफोर्डले २४ र शाहरुख खानले १३ रन बनाए ।
राहुल तेवाटिया १६ रनमा अविजित रहे भने राशिद खान खाता नखोलीकनै अविजित रहे । मुम्बई इन्डियन्सका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिए भने जसप्रित बुमराह, रिचर्ड ग्लीसन, मिचेल सान्टनर र अश्विनी कुमारले एक–एक विकेट लिए ।
यसअघि, रोहित शर्मा र जोनी बेयरस्टोको ओपनिङ जोडीले मुम्बईलाई द्रुत सुरुवात दिलाए । पहिलो विकेटको लागि दुवै बीच ८४ रनको साझेदारी भयो । साई किशोरले यस खेलमा डेब्यू गरिरहेका बेयरस्टोलाई जेराल्ड कोएत्जीबाट क्याच गराए ।
उनी २२ बलमा चार चौका र तीन छक्काको मद्दतले ४७ रन बनाएपछि आउट भए । यसपछि रोहितलाई सूर्यकुमार यादवको साथ मिल्यो । दुवैले ३४ बलमा ५९ रन जोडे । यस क्रममा सूर्यकुमारले २० बलको सामना गरे र ३३ रन बनाएर पभेलियन फर्किए ।
यस खेलमा रोहित शर्माले २८ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसबाहेक, उनले आईपीएलमा ३०० छक्का पनि पूरा गरे । उनी आईपीएलमा ३०० छक्का प्रहार गर्ने पहिलो सक्रिय खेलाडी बने । अब उनको नाममा ३०२ छक्का दर्ता भएका छन् ।
रोहितले तिलक वर्मासँग तेस्रो विकेटको लागि २२ बलमा ४३ रन जोडे । पूर्व कप्तानले ५० बलमा नौ चौका र चार छक्काको मद्दतले ८१ रन बनाउन सफल भए ।
सोही समयमा, तिलक ११ बलमा २५ रन बनाएर आउट भए भने नमन धीर नौ रन बनाएर आउट भए । हार्दिक पाण्ड्या नौ बलमा तीन छक्काको मद्दतले २२ रनमा अविजित रहे भने सान्टनरले खाता नखोलीकनै अविजित रहे । गुजरातका लागि प्रसिद्ध कृष्ण र साई किशोरले समान दुई विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए ।