काठमाडौं: मलेसियन ब्रान्ड प्रोटोन एसयुभि एक्स ५० को बिक्री अगामी चैत ९ गेतबाट शुरु हुने भएको छ । नेपालका लागि प्रटोन ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्सले तीन भेरिन्ट सहित नेपालमा प्रटोन एक्स ५० गाडी भित्र्याएको हो ।
जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी नेपालमा २०२० देखिनै बेच्दै आएको छ।
नेपाली बजारमा प्रोटोन एक्स-५० स्ट्यान्डर्ड, प्रिमियम र फ्लागसिप गरी तीन भेरियन्ट सार्वजनिक भएको हो। कम्पनीले बुधबारदेखि नै गाडीको आधिकारिक बिक्री सुरू गर्ने बताएको छ। प्रोटोन एक्स ५० मा १.५ लिटर टर्बोचार्ज्ड, थ्री-सिलिन्डर र शीर्ष फ्ल्यागशिप भेरियन्टमा टीजीडीआई (डाइरेक्ट इन्जेक्सन) टर्बोचार्ज्ड थ्री-सिलिन्डर पेट्रोल छ। टीजीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कलाई बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।
पुस–स्टार्ट, ३६० डिग्री क्यामेरा,८ स्पिकर, ८ इन्च इन्फोटेनमेन्ट स्क्रिन,स्वायत्त आपतकालीन ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टमसहितको क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिटहरू लगायतका फिचरहरु प्रोटोन एक्स ५० मा दिइएको छ ।
यो गाडीमा मोल्फ–पार्किङ प्रणाली छ, जसले गर्दा पार्किङ स्थलहरूमा सहज बनाउन मद्दत गर्छ । जगदम्बाले नेपालमा २०२० देखि प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी बेच्दै आएको छ ।
कम्पनीले नयाँ एक्स-५०को स्ट्यान्डर्ड भेरियन्टको मूल्य सरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकेको छ। प्रिमियमको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ भने फ्लागसिप भेरियन्टको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।