कर्णाली : ‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुरु ११ बजेदेखि सुरु हुँदैछ । ‘..कुडा कर्नाली’का मूल नाराका बनाइ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको ‘कर्णाली उत्सव’को तेस्रो संस्करण आजदेखि सुरु भएको हो ।
कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने ‘कर्णाली उत्सव’ ऋति फाउण्डेशनले सञ्चालन गर्दै आएको छ । ‘..कुडा कर्नाली’का पहिलो दिनमा कर्णाली भेरी सुसेल्दो छ, पैकेलो, बजार विकास, कविता साँझको सत्र रहेको छ ।
कर्णाली भेरी सुसेल्दो छ - कवि डा. नवराज लम्सालले सञ्चालन गर्ने छन् । यो सत्र आज दिउँसो १ बजे रहेको छ । भने, २ः३० बजेबाट पैकलो सुरु हुनेछ । (कर्णालीका हिरोअर्थात् खस भाषामा पैकेलो) पैकलो फोटोग्राफर गोरख विष्ट छन् । ।
यस्तै दिउँसो २ः४५ बजेबाट बजार विकास हजार विकास सुरु हुनेछ । यसको सञ्चालन अध्येता सुरथ गिरीले गर्ने छन् भने ४ः०० बजेदेखि कविता साँझ सुरु हुनेछ यसको पनि सञ्चालन प्रकाश लामिछाने र जानकी आचार्यले गर्ने छन् भने व्यक्ता कवि डा. लम्साल पनि छन् ।
तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी गराइएको छ । उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै पुस्तक विमोचनको समेत हुनेछ ।
कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने चारभन्दा बढी कर्णालीवासीका सफलता तथा सङ्घर्षका कथाहरु प्रस्तुत हुने छन् ।