१८ माघ, काठमाडौं : रैथाने शिल्पकला विश्वविद्यालय स्थापना सम्बन्धी छलफल भएको छ । सोमबार भर्चुअलमार्फत डा. मानबहादुर विकेको संयोजकत्वमा विश्वविद्यालय स्थापना सम्बन्धी छलफल भएको हो । भर्चुअल छलफलमा शिक्षाविद् डा. विद्यानाथ कोइराला लगायत विभिन्न जिल्लाहरुबाट सहभागी भएर परामर्श गरिएको थियो ।
छलफलमा विश्वविद्यालय स्थापनाबारे डा. गोविन्द नेपालीले परिचय, औचित्य, उद्धेश्य, विश्वविद्यालयको उपादेयता, शिल्पकला र विश्यविद्यालयको साइनो, कार्यनीति, रणनीति, भावी कार्य योजनालाई प्रस्तुत गरेका थिए ।
नेपाल एक दलित र आदिवासी जनजातिहरुसँग परम्परागत ज्ञान, सीप, पेशा कला संस्कृति र विविधताले भरीपुर्ण देश भए पनि यस्ता विषयलाई अध्ययन गराउने शैक्षिक संस्था नभएको डा. गोविन्द नेपालीले बताए ।
जसकारण नेपालमा भएका विश्वविद्यालयहरुले अपेक्षित रुपमा रैथाने ज्ञान तथा सीपको खोजी नगरेको डा. नेपालीको भनाइ छ । यसका लागि पनि रैथाने शिल्पकला विश्वविद्यालय स्थापनाबारे छलफल गरिएको हो ।
छलफलमा शिक्षाविद् डा. विद्यानाथ कोइराला रैथाने शिल्पकला विश्वविद्यालय स्थापनाको कार्य योजना अगाडी बढाउन बताए । विश्वविद्यालय स्थापनाका आफुले गर्न सक्ने सहयोग गर्ने कोइरालाको भनाइ छ ।
रैथाने शिल्पकला विश्वविद्यालयले मौलिक ज्ञानबाट उत्पादन मुलक सिकाइद्धारा राष्ट्र समृद्धिका लागि योगदान पुप्याउने, एकेडेमिक र नन् एकेडेमिक कोर्सबाट युवा पिढीलाई प्रोत्सान गरि उनीहरुको शिक्षा पदतिलाई एकवद्ध गराई सहजजीवीको पार्जन गराउने, मौलिक ज्ञानको सीपद्धारा विश्व बजारमा प्रतिस्पर्धा गराउन सक्ने जनशक्ति उत्पादन गर्ने, रैथाने सीपको सम्वर्द्धन गरी विश्विद्यालयको माध्यमद्धारा नेपाललाई आत्मनिर्भर बनाउने, आर्थिक अवस्थाले गर्दा शिक्षाबाट बञ्चित त्यस्ता समुदायका विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने लगायतका उद्धेश्यहरु डा.नेपालीले प्रस्तुत गरेका थिए ।
छलफलमा अन्य सहभागीले रैथाने शिल्पकला विश्वविद्यालय स्थापनाबारे सकारात्मक सुझाव दिएका थिए ।