काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र आज (शुक्रबार) मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहीवार साँझ विज्ञप्ति जारी गर्दै जोर बिजोर प्रणाली लागू गरेको जानकारी दिएको थियो।
कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएकाबेला त्यसको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउने भन्दै काठमाडौँ उपत्यकामा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सवारी सञ्चालनबारे थप स्पष्ट पार्दै प्रशासनले जोर बिजोर लागू नहुने सवारी साधनबारे स्पष्ट जानकारी दिएको छ ।
प्रशासनका अनुसार औषधि एवम् स्वास्थ्य सामाग्री बोकेको सवारी साधन, एम्बुलेन्स, दमकल र शववाहनमा जोर बिजोर लागू हुने छैन। यस्तै, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री बोक्ने साधन मा समेत जोर बिजोर लागू हुने छैन। यद्यपि, यी सवारी साधनमा भने चालक र सहचालक मात्र बस्न पाउने प्रशासनले भनेको छ।
यस्तै, खाद्यान्न, पानी, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, कृषि तथा पशुजन्य सामाग्रीहरु बोक्ने सवारीमा पनि यो प्रणाली लागू हुनेछैन। यी समाग्री बोक्ने गाडीमा पनि चालक र सहचालक मात्र बस्नु पर्नेछ।
.jpg)