जुम्ला: चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महत) नागरिकलाई कोरोना संक्रमणबाट जोगिन भन्दै माक्स वितरण अभियानमा जुटेकी छिन् ।
उनले कोरोना भाइसको तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै जुम्ला बजारका नागरिकलाई माक्स वितरण गर्न थालेकी छन्। जुम्लाको बसपार्क ,कालेखोली, ऐपोर्ट ,भारतीवाडा र अस्पताल क्षेत्रका माक्स नगायर हिड्डुल गर्ने नागरिकलाई सचेना स्वरुप माक्स वितरण गरिएको उपमेयर अप्सरा देवी न्यौपाने (महत)ले बताइन ।
.png)
उनले भनिन,“नारिकलाई सुरक्षित बनाउन मइकिङ गर्दै माक्स वितरण गरेका हौँ। जुम्ला बजारका मात्रै नभइ आम नागरिकलाइ कोरोनाबाट जागाउन माक्स बितरण संगै सचेतना दिन आबश्यक छ । उपमेयर न्यौपाने भनिन् युनिसेफको आर्थिक सहयोग, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको समन्वयमा झण्डै ३ हजार माक्स वितरण गरिएको छ ।
.png)
अहिले जुम्लामा समान किनबेचको लागी आउने नागरिकहरु माक्स लगाउन छोडिसकेका छन । यस कारणले पनी हामीले करिब तीन हजार मक्स वितरण गरिएका छौ । उनले भनिन् ,“ बजारमा माक्स वितरण गर्दै गर्दा ,धेरै स्थानीयले माक्स नलगाएको पाइयो । उनीहरुलाई पहिलो पटक माक्स दिर्दै घरबाहिर निस्कदा अनिवार्य माक्स लगाउन सुझाव दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाईस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सुझाव दिदै आएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले भनिन् कुनै पनि नागरिक घरबाहरि निस्कदा माक्स लागाउने र सार्वजानिक सेवा लिन जादा खोप अनिवार्य लगायको हुनु पर्ने छ ।
यहि ७ गते भित्र खोप अनिवार्य लगाउन अनुरोध गरेका छौँ । उनले भनिन् कोरोनाको खोप नलगाउने माक्स लगायर अटेरी गरेर हिड्नेलाई संक्रमाण रोग ऐन अनुसार कारबाहीसमेत गरिने जानकारी गाराएकी छिन् ।