सिमकोट : समुदाय स्तरमा सञ्चाल गरिएको गतिबिधिहरुको संस्था आफ्नै पहलमा सामाजिक लेखा परिक्षण कार्य गरिएको छ । सम्पादन गरिएका कामको सार्वजनिक जानकारी गर्न र पारदर्शीता कायम गर्न सो कार्य गरिएको हो ।
किर्डाक नेपाल हुम्लाले शिक्षा र स्नोल्याण्ड एकिकृत विकास केन्द्रले परियोजना लगायत स्वास्थ्य क्षेत्रको काम गर्दै आएका छन् । यसका लागि गुर्डनेभर्स इन्टरनेसनल नेपालको सहकार्यमा २०१६ देखि नै जिल्लामा शिक्षा, स्वास्थ्य र आयआर्जनका क्षेत्रमा कामहरु भइरहेका छन् ।
उक्त कार्यक्रममा जिल्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट गरिचारवटा गाउँपालिकाहरुमा सञ्चालन हुँदै आएको छ । लेखा परिक्षण कार्यक्रममा केन्द्रकी एमइडिओ रिता भण्डारीले कार्यक्रममा जीविको पार्जन र शिक्षाको क्षेत्रमा गरिएका क्रियाकलापको प्रस्तुति गरेकी थिइन् ।
२०२१ मा भएका प्रगति तथा प्रतिफलका बारेमा भण्डारीले जानकारी थिइन् । उनको प्रस्तुति अनुसार चारवटा गाउँपालिका १० वटा हेल्थ पोष्टमा विभिन्न भौतिक संरचनाको सहयोग , महिला स्वंयम सेविकाहरु र विद्यालयका छात्राहरुलाई अभिमुखीकरणे तालिमको व्यवस्था, दुई हजार ४ सय बालबालिकाहरुलाई स्वास्थ्य चेकजाँच र विद्यालय भवन निर्माणका कार्यलाई पनि प्राथमिकता दिइएको छ ।
यसका लागि २०२१ मा परियोजना र स्वास्वास्थ्य क्षेत्रमा ३३ लाख ९१ हजार ३ सय ३२ रुपैयाँ कुल वजेट मध्ये ३२ लाख ६५ हजार २ सय ५६ रुपैयाँ खर्च भएको भण्डारीले बताइन् । त्यस्तै शिक्षा क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले पनि आफ्नो कार्यालयले गर्दै आएको कार्य क्षेत्रका बारेमा प्रतुतिकरण गरेका थिए ।
त्यसमा किर्डाक नेपाल हुम्लाले पनि सोही गाउँपालिकाका २७ वटा वडाहरुका ७९ वटा विद्यालयमा शिक्षा सम्बन्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । कार्यक्रममा बुढाले सामाजिक विकास परियोजनाको उदेश्य लगायतका बारेमा जानकारी गरेका थिए ।
प्रमुख बुढाका अनुसार, विद्यालयमा कक्षा १ देखि १० सम्मका २ हजार ३ सय ५८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिँदै आएको छ भने कक्षा ११ र १२ का विद्यार्थीहरुलाई प्रतिव्यक्ति ३ हजार नगद सहयोग गर्ने गरिएको छ ।
शिक्षा क्षेत्रको कार्यक्रममा एक करोड ११ लाख ९७ हजार १ सय १७ रुपियाँको कुल बजेट मध्य् १ करोड ५१ लाख ८५ हजार ४५ रुपैयाँ खर्च भएको जानकारी गरिएको थियो । त्यस्तै मानवताका लागि शिक्षा र स्वास्थ्य विनाको जीवन अधुरो रहने भएको हुँदा जिल्लाका बालबालिकाहरुलाई सो कार्यक्रममार्फत पहिलो प्रथामिकता दिनुपर्नेमा परियोजना व्यवस्थापन समितिका सदस्य गारोसिंह बोहराले जोड दिए । कार्यक्रम सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहोरा उपस्थितीमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।