देउखुरी: पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी थिए ।
उन कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बङ्गुरपालन व्यवसाय सुरु गरेकी छिन्। अहिले उनको खोरमा ३० बङ्गुर छन् । आफ्नै गाँउघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा औधी खुशी छु ।
मुक्तकमलरी विकास मञ्च र आइएम नेपालका सहयोगमा २७ महिलालाई समूहमा आबद्ध गराइ तालिम समेत प्रदान गरिएको थियो । घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहका अध्यक्ष थिए । उन पनि पूर्वकमलरी थिए ।
उनले अहिले समूहमा मासिक रु ३०० बचत गर्नुहुन्छ । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उनले ती सस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिए ।
घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती गरेकी छिन । उनले १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाए । तरकारी बेचेर मासिक ३० देखि ३५ हजार आम्दानी गर्दछु ।” मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताए ।
महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उनले जानकारी दिईन । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताइन ।
महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गरेकी छिन । आइएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताइन।
मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेकोछ । जिल्लामा मुक्तकमलरीको सङ्ख्या तीन हजार ६५८ जना रहेको मञ्चले जनाएको छ । रासस