कालिकोट: वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँको सहयोगमा कालीकोटको शुभकालिका गाउँपालिका–१ छाती गाउँमा सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको छ ।
गाउँपालिकाका दलित तथा जनजाती २१० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार काठमाडौँले शतप्रतिशत अनुदानमा सुधारिएको चुलो वितरण गरेको स्थानीयवासी दीपक चौलागाई जानकारी दिए ।
यो पूर्णरुपमा सरकारले अनुदान दिएको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाभित्रका दलित, जनजाती र विपन्न परिवारलाई वितरण गरिएको हो । परम्परागत चुलो प्रयोग गर्दा श्वाशप्रश्वास रोग बढ्दै गएको दुर्गम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सुधारिएको चुलो वितरण गर्दै आएको स्थानीयवासी जवानसिंह सुनारले जानकारी दिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको समन्वयमा सुधारिएको चुलो वितरण गरिएको हो । उनले यसमा कुनै शुल्क नलागेर निःशुल्क वितरण गरिएको हो । परम्परागत चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई दाउरालगायत अन्य इन्धनको कम खपत हुने धुवाँरहित र छिटो पकाउन सकिने वडाध्यक्ष वीरबहादुर बुढाले बताए।
यो चुलोबाट खाना पकाउनका लागि सजिलो भएको छ । गत आर्थिक वर्षमा सो गाउँपालिकाका दलित तथा जनजाती समुदायका ३९० घरपरिवारलाई निःशुल्क सुधारिएको फलामे चुलो वितरण गरिएको थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लक्षित समुदायलाई बायोऊर्जा कार्यक्रमअन्तर्गत सुधारिएको धुवाँरहित फलामे चुलो वितरण गरिँदै आएको छ ।
अति विपन्न, एकल महिला, दलित, जनजातीलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वैकल्पिक ऊर्जाका साधन वितरण गर्दै आएको छ । रासस