खलङ्गा: जुम्ला सदरमुकाम खलङ्गा नजिकैको एक बौद्ध गुम्बा पछाडि सानो काठको टहरामा ८३ वर्षीया वृद्धा गाँस बासको खोजीको सहारामा भौतारिएको अवस्थामा भेटिए ।
पत्रकारको टोली त्यहाँ पुग्दा सोही गुम्बामा बस्ने पुजारीले उनको अवस्था जानकारी गर्न थालेका छन् । पुजारीले साहाराविहीन व्यक्ति खान, बस्न पनि समस्या भएको बताउनुभयो । महिला बोल्न हिचकिचाइ रहेका थिए ।
केही छिनमा उनलाई बाहिर बोलाएर गुम्बा अगाडि उनको परिचय र अवस्थाका बारेमा जानकारी लिन खोज्दा ८३ वर्षीया ज्येष्ठ नागरिक महिलाले अहिलेसम्म नागरिकता प्राप्त गर्न सकेका छैन ।
मुगुको डोल्पु स्थायी ठोगाना बताउने महिला वर्षौंदेखि बास र गाँसको खोजीमा भौतारी रहनुभएको छ । जुम्ला सदरमुकाममा चार वर्षदेखि माग्दै हिँड्ने गर्नुभएकी र अन्तिममा बस्ने व्यवस्था कतै नभएपछि उहाँ गुम्बाको आश्रयमा गएर ओत लिइसकेको छन् ।
नाम साङ्गे फटिङ बताउने ती महिलाले २० वर्षदेखि जुम्लाको चौधबिस क्षेत्रमा बसेर साहाराविहीन भएपछि जीवन जिउन सदरमुकाम आएको बताउए । चौधबिसको खालाढिकमा विवाह गरेको तर श्रीमान् र छोरा दुवैको मृत्यु हुँदा आफू एक्लिएपछि साहाराविहीन भएकी छु ।
श्रीमान् र जवान छोरा रोगले मरेपछि र आफ्नो कोही नभएपछि अहिले गुम्बाको आडमा बसिरहेकी छु ।” उनको साहारामा अहिले उर्गेन र्तीनजङ गुम्बाका ७८ वर्षीय गुरु कांसर लामा र ५९ वर्षीय टोमा लामा थिए । उनीहरुले पछिल्लो समय बास र गाँस दिइरहेको बताए ।
अहिलेसम्म ती वृद्धाको नागरिकतासमेत छैन । कसरी बनाउने भन्नेमा आफूलाई पनि थाहा नभएको गुरु कांसरले बताए । राहतले जीवन बचायो साहाराविहीन भएकी वृद्धा महिलाको अवस्था बुझेपछि स्थानीय छिमेकीको सहयोगमा भने अहिले खाद्यान्न सहयोग पाइएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँग आबद्ध स्थानीय सामाजिक क्षेत्रमा कार्यरत संस्था अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले ती महिलाको अवस्थाका विषयमा अध्ययन गरिसकेपछि अहिले उनलाई सिविएम नेपालको सहयोगमा आइएनएफ जुम्लाले कोरोना राहत कार्यक्रमले सघाउ पुर्याएको छ ।
उनलाई पहिलो चरणमा ६० किलो चामल, दालसहित आधारभूत खाद्यान्न उपलब्ध गराइएको छ । रासस