सुदूरपश्चिम: प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपंछी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताए ।
दिपायलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपंछी व्यवसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी बृद्धि गर्नु आवश्यक छ ।
किसानी काम गर्न अर्काको मुलुक किन पस्ने, आफ्नै बाझो जमिनमा खेती गरौँ, स्वरोजगार बनौँ ।” कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले देशको आर्थिक समृद्धि र समग्र विकासको लागि कृषि क्षेत्रले ठुलो योगदान पुर्याउने बताए ।
जिल्लामा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय दिपायल राजपुरका आयोजनामा मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रम अन्तर्गत ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम कार्यान्वयनमा आएको छ ।
जिल्लाले कृषि क्षेत्रमा उल्लेख्य फड्को मार्न थालेको कृषि विकास निर्देशक यज्ञराज जोशीले बताए । आर्थिक अभाब भएका तर स्देशमै कृषि क्षेत्रमा केही गरौँ भन्ने सोच भएका व्यक्तिलाई ‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम फलदायि भएको छ, कृषि क्षेत्रमा पनि उल्लेख्य विकास हुँदै छ ।
सडक सञ्जालले नछोएको सिंचाइको व्यवस्थापन हुन नसकेको, बजारीकरणको अभाब, किसानको माग चाहान आवश्यकता अनुसार नभएर माथी बाटै सिधै योजना आउने गरेका कारणसमस्या हुँदै आएको कार्यक्रमका सहभागीले गुनासो गरेका थिए । रासस