वीरेन्द्रनगर : शनिबार सुर्खेतको वीरेन्द्रनगरमा बृहत सरसफाई अभियान सम्पन्न भएको छ । धेरै समयदेखि नगरपालिका अगाडि रहेको खुल्ला चौरमा फोहोर थुप्रिरहेको थियो ।
खुल्ला क्षेत्र भएको र धेरै मानिसहरुको आवतजावत हुने भएकोले त्यहाँ विभिन्न प्रकारका फोहोरहरु जथाभाबि फालिदा वीरेन्द्रनगर सुर्खेतको सोभा नै दिनानुदिन घट्दै गईरहेको थियो ।
मैनादेबी फाउण्डेशनको स्वच्छ सहर अभियान, अन्तरनिर्भर समाजको हरितपूर्ण सहर अभियानले गरेको सरसफाई अभियानमा लियो क्लब, एप्सुलुट गोर्खा का बिद्यार्थीहरु, वीरेन्द्रनगर नगरपालिका र अन्य स्थानियहरुले सहयोग गरेका थिए ।
लामो समयदेखि सुर्खेतका विभिन्न स्थान सरसफाई संगसंगै सचेतना फैलाउदै र वीरेन्द्रनगरलाई स्वच्छ अनि हरियालि सहर बनाउने उद्देश्यले सुर्खेतका यिनै युवाहरुको नेतृत्वमा धेरै ठाउँहरुमा सरसफाई कार्यक्रम हुदै आईरहेका छन् जसका कारण यहाँका सार्बजनिक स्थल दिनानुदिन बदलिदै र सचेतना स्तर बृद्दी भईरहेको छ ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नारा बोकेर सुर्खेतका युवाहरु सके सफा गरौ नसके फोहोर नै नगरौ भन्दै सचेतना फैलाउदै आईरहेका छन् । फोहोरले वातावरण लगायत सम्पूर्ण क्षेत्रमा ठुलो प्रभाव पार्ने बुझेर पनि मानिसहरुले बुझ पचाउँदा आज हाम्रो वरपरका क्षेत्रहरु दिनदिनै दुर्गधित बन्दै गईरहेकोले सबैले आफ्नो फोहोरको व्यबस्थापन आफै गर्न सके हाम्रो देश नै सुन्दर सफा हुन धेरै समय नलाग्ने स्वच्छ सहर अभियानका कर्णाली प्रदेश संयोजक प्रिसिला गिरीले जानकारी दिइन् ।
यस्तै हरितपूर्ण सहर अभियानका परियोजना संयोजक विबेक शाहिले फोहोर उठाउने मात्र नभएर फोहोर नै नगर्ने र प्रत्येक ब्यक्तिले आफु नि फोहोर नगर्ने र अरुलाई पनि फोहोर नगर्न जानकारी दिएर सबैले सहयोग गरे सफा र हरीयालि सहर बनाउन धेरै समय नलाग्ने बताईन् ।
फोहोरले वीरेन्द्रनगरको सुन्दरता हराउदै गईरहेको देखेपछि आफुहरु लामो समयदेखि फोहोर नगर्ने सचृतना फैलाउदै विभिन्न सार्बजनिक स्थलको सरसफाई गर्दै आइरहेको सरसफाई अभियानका एक अभियान्ता जगत खत्रीले बताए । आगामी दिनमा पनि अभियानलाई निरन्तता दिईने बताइएको छ ।